दुर्घटनामा टिप्पर चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।
पूर्वाधार केन्द्रित बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विस्तार केन्द्रित बजेट ल्याएको छ । कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेटमध्ये प्रदेश गौरवका सडक र पुलका पूर्वाधार निर्माणको लागि मात्रै १० अर्ब विनियोजन गरिएकोे छ । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेट वक्तव्यमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका पूर्वाधार विस्तारमा ठूलो रकम खर्चने उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । सो प्रदेशका अर्थमन्त्री राजीप्रसाद बरालले सो बजेट बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।
गण्डकी प्रदेशको बजेट भाषण
पोखरा, असार १ गते । गण्डकी प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै गण्डकी प्रदेशका अर्थमन्त्री राजीप्रसाद बराल :
माछा मार्ने बेला करेन्ट लागेर मृत्यु
बागलुङको बडिगाड गाउँपालिकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–४ का ३२ वर्र्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनकोतर्फबाट काङ्ग्रेसका दाेर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्याैपानेलाई पराजित गर्नुभयो । खत्रीको १५ र न्यौपानेको नौ मत रहेको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको बढ्याे उत्पादन
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन वृद्धि भएको छ । अविरल वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।
म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा
म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”
चितुवाको आक्रमणबाट १२ जनाको मृत्यु, अझै रोकिएन बन्दीपुरमा आतङ्क
चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् ।