• ४ जेठ २०८१, शुक्रबार

सिमान्तकृत समुदायका उपप्रमुख दरैको समुदायको शैक्षिक स्तर उकास्ने धोको

blog

व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, जेठ १३ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायबाट एक महिला उपप्रमुख बन्नुभएको छ । नेपाली काँग्रेसको उम्मेदवार  इन्दिरा दरै अत्याधिक मत ल्याई उपप्रमुख बन्नुभएको हो । 

दरै उपप्रमु्ख बनेपछि सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको छ । उहाँले एमालेका बसुन्धरा घर्तिले भन्दा ३ हजार ४५६ मत प्राप्त गर्नुभएको थियो  । उहाँले  १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तिले दश हजार ४२ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुख दरैले आर्थिक कठिनाई भएर पढ्न नपाएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्ने बताउनुभएको छ । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोस् भनेर विद्यालयमा भर्ना गराई पठनपाठनमा सहयोग पु¥याउने आफ्नो पहिलो लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो । 

घरेलु हिंसापीडित महिलाको उद्धारमा टेवा पु¥याउने उहाँको भनाइ छ । व्यास नगरपालिकाको १४ वटै वडामा पुग्दा महिलाले भोग्नु परेको खानेपानी समस्याको समाधानका लागि बजेट विनियोजनाको लागि पहल गर्ने उहाँले बताउनुभयो । महिलाको क्षमता र नेतृत्व विकासका लागि समेत कटिबद्ध भएर लाग्ने उहाँको प्रतिबद्धता राख्नुभयो ।