कांग्रेस लमजुङबाट प्रत्यक्षतर्फ १० जना आकाङ्क्षी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् ।
विकट गाउँ गुर्जा पुगेर राष्ट्रिय परिचयपत्र वितरण
भौगोलिक रुपमा विकट रहेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता गरेको छ ।
सहुलियतमा खाद्यान्न वितरण
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१/८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
पोखराको महेन्द्रगुफामा मौरी तथा मह मेला हुँदै
वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखरामा आगामी शुक्रबार पृथक प्रकारको महोत्सव हुँदै छ । पोखरा–१६ मा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा महोत्सव हुन लागेको हो ।
मुस्ताङमा लैङ्गिक हिंसा र चिसोबाट बच्न २६ वटा सचेतनामुलक अभियान
चिसो ह्वात्तै बढेको उपल्लो मुस्ताङमा प्रहरीले समुदायमा पुगेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै जाडोबाट जोगिन २६ बटा सचेतनामुलक अभियान सञ्चालन गरेको छ ।
दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ ।
एउटै टोलबाट एक करोडको सुन्तला
गोरखाको गण्डकी गाउँपालिका–२, याङ्दी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । याङ्दीका किसानको मेहनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक उत्पादन बढेर एक करोड रुपियाँको सुन्तला बिक्री भएको हो ।
गलकोट नगर अस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ सुरु
गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङसहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । ‘डिजिटल हेल्थ कार्ड’को प्रारम्भसँगै आगामी दिनमा उपचारका सबै कागजात बोकेर अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ ।
नेपाली कांग्रेस स्याङ्जाबाट ३३ जनाको नाम सिफारिस
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
बहुविवाहको आरोपमा नवलपुरका डीएसपी पक्राउ
बहुविवाहको आरोपमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ ।
मनाङमा एक हजार दुई सय क्विन्टल बढी खाद्यान्न सहुलियत दरमा वितरण
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१-८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई विस्तार गरेको छ ।
आमा र बच्चाको रेखदेख गर्न स्वास्थ्य एकाइलाई स्कुटर
पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइलाई स्कुटर प्रदान गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्ड उपाधि भानुभक्तको पोल्टामा
गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।
लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना
बेनी नगरपालिका–४, बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ ।
पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ ।
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।
बागलुङ–२ मा कांग्रेसबाट प्रत्यक्षमा १० जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभातफेरी
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।
बेनीमा सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो ।
डिजिटल ठगी बढ्दै
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैङ्गिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन् ।
गुर्जामा मौलिक जीवनशैली कायमै
साँझपख गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । साँझपख गोठ फर्किंदै गरेका भेडाबाख्रा र गाईगोरुका हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो ।
भूमाफियालाई कारबाहीको माग
नवलपुरको कावासोती नगरपालिका–४, हसौराका बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।