उत्कृष्ट कृषकलाई नगदसहित सम्मान
स्याङ्जाको बिरुवा गाउँपालिकाले पालिकाभित्रका दुई जना अगुवा कृषकलाई नगदसहित सम्मान गरेको छ । गाउँ सभाको १८ औं अधिवेशनको अवसरमा कृषकहरु प्रेमबहादुर राना र देवबहादुर रानालाई ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार–२०८२’ प्रदान गरेको हो । प्रेमबहादुर कृषितर्फ र देवबहादुर पशुपंक्षीतर्फ सम्मानित हुनुभएको हो ।
पोखरामा जलपक्षीको सङ्ख्या बढ्यो, प्रजाति घटे
कास्कीको पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या बढेको र प्रजातिहरू भने घटेको देखिएको छ ।
बेनीमा आजदेखि माघे सङ्क्रान्ति मेला सुरु हुँदै
म्याग्दीको बेनीमा बुधबारदेखि सुरु हुने माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको नेतृत्वमा ११ औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
बुबा–आमाको स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना
म्याग्दीको बेनी नगरपालिका–७, बेनी बजारका एक परिवारले आफ्ना दिवंगत बुबा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि पाँच लाख राशीको अक्षयकोष स्थापना गरेको छ ।
विपद् पीडितलाई घर बनाउन राहत उपलब्ध गराइने
जिल्ला विपद् व्यवस्थापन समिति बागलुङले विपतजन्य घटनाबाट घरबारविहीन भएकाहरुलाई राज्यको राहत उपलब्ध गराउने भएको छ ।
ठुलो परिमाणमा विद्युतीय चुरोट बरामद
चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाका भएर ल्याउँदै गरेको ठुलो परिमाणको विद्युतीय विद्युतीय चुरोट बोकेको कन्टेनरसहित चालक पव्रmाउ परेका छन् ।
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु
गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको खिचडी यात्रा मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महìव बोकेको गोरखाको गोरखनाथदेखि ५
खुमा फाउण्डेसनद्वारा सात सय विद्यार्थीलाई न्यानो कपडा
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
मालिका गाउँपालिकाको बजेट संशोधन गर्दै सकियो १८ औं गाउँसभा
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि गत असारमा पारित भएको बजेट संशोधन गर्दै मालिका गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ ।
ढोरपाटनको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन
बागलुङ ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन गरिएको हो । नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल तीन करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गरेर ५३ वटा संशोधन योजना ल्याइएको हो ।
हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन आग्रह गरेको छ ।
तनहुँका पाँच उत्कृष्ट कृषक र उद्यमी पुरस्कृत
पसिना बगाएर माटोमा सुन फलाउने कृषक र आर्थिक समृद्धिको जग बसाल्ने उद्यमीहरूलाई तनहुँ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु
गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ मङ्गलबारबाट सुरु भएको छ ।
करदाता सेवा कार्यालय खारेज
पर्वत सदरमुकाम कुश्मा बजारस्थित करदाता सेवा कार्यालय खारेज भएको छ ।
कठ्याग्रिँदो जाडोमा च्याङ्ग्रासँगै लेकमा रमाउँदै कृषक
चिसो बढेसँगै तापक्रम ऋणात्मक भए पनि च्याङ्ग्रा व्यवसायी गुरूङ दैनिक गोठालासहित चरन क्षेत्रमा पुग्ने गर्नुहुन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाकामा करिब ७ सय च्याङ्ग्राको चरन क्षेत्र व्यवस्थापन गर्दागदै गुरूङलाई चिसो झल्न बेंसी झर्ने फुर्सद समेत छैन
दुई करोडको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ
मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इम कुमार मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको ४० औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका क्रममा मल्लको मात्र एकल उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्रिशूली बगरमा बस उत्खनन तेस्रो दिन पनि जारी
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ ।
कोशी–गण्डकी पर्यटनमा सहकार्य
गण्डकी र कोशी प्रदेशबिच पर्यटन प्रवर्धनमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । पर्यटन राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा दुई प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सीमा पुनलाई आमाको नामबाट नागरिकता
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी २२ वर्षीय सिमा पुनलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।
चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।
योजना सम्झौतामा ढिलाइ गर्दै बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तमा २५ प्रतिशत योजना मात्रै सम्झौता गरेको छ । झण्डै पाँच सय योजना रहेको नगरपालिकामा शुक्रबारसम्म जम्मा एक सय २० योजना मात्रै सम्झौता भएका छन् ।
घट्न सकेन गरिबीको सङ्ख्या
जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भए पनि यसको उपयोगिता नागरिकसम्म पुग्न नसक्दा लमजुङमा गरिबी न्यूनीकरण हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
सेती बगर मृतक प्रकरणः दुईको सनाखत
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय ढङ्गले मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।