महत्व बढ्दै शालिग्राम सङ्ग्रहालयको
भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो ।
जैमिनीको हिउँदे अधिवेशन : डेढ करोड बजेट व्यवस्थापन
जैमिनी नगरपालिकाको १८ औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शीर्षकको एक करोड ६३ लाखको बजेट व्यवस्थापन गरेको हो ।
अजिरकोटमा पर्यटकका लागि फरक अनुभव
गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रबद्र्धनलाई नयाँ उचाईमा पु–याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
भेडापालक किसानलाई अनुदान
बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो ।
गण्डकीमा राष्ट्रियसभा निर्वाचन : एक्लै लडे कांग्रेस बलियो
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।
बिलाउनीको झाडी फाडेर सुन्तला बगान
म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् ।
भारतीय गाडीको ठक्करबाट एकको मृत्यु, एक घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली–१६ रहजरमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।
बागलुङ महोत्सवको अन्तिम तयारी
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव अन्तिम तयारी भएको छ । शुक्रबारदेखि महोत्सव सुरु हुनेछ ।
पोखरामा खुला तथा भेट्रान्स टेनिस हुने
२२ औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा हुने भएको छ ।
मकै खेती जोगाउँदै किसान
नवलपुरको कावासोतीका एक जना किसानले मकै खेती जोगाउन आफ्नैखालको रणनीति लगाउनुभएको छ ।
माटेपानी सर्यो गण्डकी प्रदेशसभा
जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ। पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए।
बुढ्यौलीमा फर्कियो दृष्टि
क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो ।
धमाधम भित्रिँदैछन् विद्युतीय सवारी साधन
बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्नेगरेको छ । नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ आसपासमा ब्यवसाय गर्ने स्थानीय जाडो छल्न बेंसी झरिसकेका छन् ।
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
चक्रपथ निर्माणमा दबाब दिन म्याराथन प्रतियोगिता
नवलपुरमा पुष १२ गते आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ ।
आरुघाटमा साढे तीन तोला सुनसहित नगद चोरी
गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फूलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् ।
कास्की कारागारबाट फरार थुनुवा लमजुङमा पक्राउ
जेनजी आन्दोलनको मौका छोपेर कास्की कारागारबाट फरार एक जना थुनुवा लमजुङबाट पक्राउ परेका छन् । कर्तव्य ज्यानको कसुरमा कास्की कारागारमा रहेका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
तीन महिनामा उप्कियो कालोपत्रे
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक कालोपत्रे गरेको तीन महिनामै उप्किएको छ । ठेकेदारको लापर्बाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्रे उप्किँदा खाल्टाखुल्टी परेका छन् । ठेकेदारले कमसल खालको कालोपत्रे गरेकाले चाँडै नै उप्किएको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाउँदै फेरि कालोपत्रे गर्नुपर्ने माग गरेका छन् ।
दमौली अस्पतालको अध्यक्षमा वरिष्ठ अधिवक्ता वाग्ले नियुक्त
तनहुँको सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पताल दमौलीको व्यवस्थापन समिति अध्यक्षमा व्यास नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त हुनुभएको छ ।
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।
भारतीय पर्यटक लोभ्याउँदै ‘शालीग्राम संग्राहलय’
भारतको उत्तरप्रदेश पर्यटन विभागका सह–निर्देशक दिपक कुमारले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित शालीग्राम संग्राहलय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो ।
गउँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गर्नुभएको छ ।
नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा महिला पक्राउ
सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।