• २७ फागुन २०८२, बुधबार

एमाले नगर अध्यक्षद्वारा राजीनामा

blog

नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा । तस्बिर : गोरखापत्र

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २७ गते ।
नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिनुभएको छ ।

एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उहाँले नगर कमिटिका उपाध्यक्षलाई सम्बोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गर्नुभएको हो ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो ।

उहाँले बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजीनामा दिएको बताउनुभयो । शर्माले पार्टी अब पुर्नगठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताउनुभयो । शर्माले पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको बताउनुभयो ।