• २९ फागुन २०८२, शुक्रबार

बिरुवा– ८ का अध्यक्षको मृत्यु

blog

बिरुवा गाउँपालिका वडा नं – ८ का वडा अध्यक्ष नविन कुमार आले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन २७ गते ।
बिरुवा गाउँपालिका वडा नं – ८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार मृत्यु भएको छ । आलेको आस्था अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

चार दिन अगाडि समान्य बिरामी हुनु भएका आलेको मिर्गौला फेल भएको र सोही कारण मृत्यु भएको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।

आले २०७९ को स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

आलेले निर्वाचनमा ६७९ मत प्राप्त गर्दै नेपलाी कांग्रेसका तिलबहादुर रानालाई १७१ मतले पतराजित गर्नुभएको थियो । आलेले ६७९ मत प्राप्त गर्नुभएको थियो ।