‘खेलाडी देशका सम्पत्ति’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी देशको सम्पत्ति भएको बताउनुभएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा टाइगर कप भलिबल प्रतियोगितामा विजयी खेलाडीको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम
स्याङ्जाको चापाकोटमा रहेको गङ्गालाल माध्यमिक विद्यालयले विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो । विद्यालयले आफ्नै प्रयास र लगानीमा कार्यक्रमअन्तर्गत कृषि खेती सुरु गर्न लागेको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । चापाकोटमा समथर भूमि रहेको र विद्यालयको पनि प्रशस्त जग्गा रहेकाले कार्यक्रम प्रभावकारी हुने भट्टराईको भनाइ छ ।
‘दुई वर्षभित्र सबै घरमा बिजुली’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पु-याउने गरी प्राधिकरणले तयारी गरिरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले सरकारले निर्धारण गरेको सो लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभएको हो ।
अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित
५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ ।
राजनीतिले लय पक्रेकाे छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बनाउनुभएको छ ।
बेनी-गलेश्वर सडक मार्ग खुलेकाे दुई दशकपछि कालोपत्रे हुँदै
सडकको ट्रयाक खुलेको करिब दुई दशकपछि सडक कालोपत्रेको तयारी गरिएको छ ।
अनलाइन साक्षरता अभियान सुरु गरौँ : मुख्यमन्त्री
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आमसञ्चार विधेयक पत्रकारमैत्री बन्नका लागि केही समय पर्खिनुपर्ने बताउनुभएको छ। अनलाइन पत्रकार सङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो। “कानुन बनाउनका लागि मात्र बनाएर अर्थ छैन, केही समय पर्खनुहोस्। आमसञ्चार विधेयक पत्रकारमैत्री बनाउनेछौँ,” उहाँले भन्नुभयो। मुख्यमन्त्री अधिकारीले पत्रकार पत्रकारजस्तै हुनुपर्ने धारणा राख्नुभयो। “पत्रकार विज्ञापन उठाउन जानुहुँदैन। पत्रकारको काम समाचार लेख्ने हो। आफ्नो सीमामा बसियो भने बल्ल काममा गुणस्तर आउँछ,” उहाँले भन्नुभयो। अनलाइनसम्बन्धी जानकारी सबैमा नहुँदा समस्या आएको उहाँले बताउनुभयो।
तनहुँ–१ उपनिर्वाचनमा भट्टराईको दाबी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनमा आफूले उम्मेदवार दिने बताउनुभएको छ। आँबुखैरेनी बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जिल्लाको सबैभन्दा सिनियर नेता भएकाले पार्टीले आपूmलाई नै टिकट दिने दाबी गर्नुभयो।
आदिकविमा नेविसङ्घका पन्थ सर्वसम्मत निर्वाचित
दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनुभएको छ ।
उत्पादन बढाउन तरकारी तथा मसला बालीको पकेट क्षेत्रमा माटो परीक्षण
उत्पादनमा वृद्धि गर्ने अभियानका साथ वालिङको तरकारी बालीको पकेट क्षेत्रका कृषकहरुको माटो परीक्षण गरिएको छ ।
मौलाकालिका मन्दिरमा वैशाखबाट केवलकार सञ्चालनमा आउने
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा वैशाख १ गतेबाट केवलकार सञ्चालनमा आउने भएको छ ।
तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन सकियो, दुईमा स्थगित
तनहुँका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ भने दुईमा स्थगित भएको छ ।
नवलपुरका तीन क्याम्पसमा नेविसङ्घ विजयी
पूर्वी नवलपरासीका तीन क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ ।
असिनाले बाली नष्ट : किसान चिन्तित
चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।
कालीगण्डकीलाई भलिबल उपाधि
बिरुवा गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबलको उपाधि कालीगण्डकी गाउँपालिकाले उचालेको छ ।
तीनवटा क्याम्पसमा स्ववियु निर्वाचन
पूर्वी नवलपरासी जिल्लामा रहेका आठवटा क्याम्पसमध्ये तीनवटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली कलेजमा शान्तिपूर्ण मतदान भएको छ। कुमारवर्ती बहुमुखी क्याम्पसमा ५९१ मतदाता रहेकोमा २८१ मत खसेको छ। मध्यबिन्दु बहुमुखी क्याम्पसमा एक हजार १८४ मतमध्ये ६६३ र देवचुली कलेजमा २८३ मतमध्ये २४० मत खसेको जनाइएको छ।
‘हाइड्रो भिलेज’ बन्यो नारच्याङ
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए ।
फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता
पोखरा, चैत ५ गते। फेवातालमा साइँली, डुङ्गा सललसम्झनामा तिम्रो तस्बिर झलल।स्वरः शिव परियार, सङ्गीतः रामचन्द्र काफ्ले, रचनाः किरण घिमिरे। पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई। फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन्। आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन्। जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो। फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ। यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ। लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउनुहुन्छ लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा। “फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो। यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ। योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछौं।” उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ। फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन्। बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ। फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ। अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो। “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ। अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो। पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताउनुभयो। “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ।” उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो। अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो। योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो। साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ। रासस
मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी
पश्चिम म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ ।
विपन्नलाई निःशुल्क यातायात सुविधा
हिमाली जिल्ला म्याग्दीको एक परोपकारी सामाजिक संस्थाको आग्रहमा यातायात कम्पनीले आर्थिक रुपमा विपन्न परिवारलाई निःशुल्क यातायातको व्यवस्था गर्नेभएको छ ।
भिरबाट लडेर किशोरीको मृत्यु
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवारीको भिरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।
मनमाेहक गल्याङको सुनपोखरी
गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।
घट्दै चिसो, बढ्दै पर्यटक
मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिनुभयो ।
हिमाललाई लिगलिगे साइकल दौड उपाधि
गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि हिमाल टमटाले जित्नुभएको छ ।