बीस वर्षीयले बनाए साइनबोर्ड मेसिन
पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका पोखराका २० वर्षीय अभिनाश अधिकारीले साइनबोर्ड बनाउने मेसिन बनाउनुभएको छ। करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी/टुडी शिलालेख, थ्रीडी/टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनाशले बताउनुभयो।
कलाकार दुर्गा बरालको रथारोहण गरिने
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरागरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।
ढोरपाटनमा बस पुग्यो, पर्यटकलाई सहज
यसैसाता ग १ ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो ।
कालीगण्डकी जलयात्रा सङ्कटमा
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा हुने जलयात्रा सङ्कटमा परेको छ। कालीगण्डकी कोरिडोर र छेउछाउमा मोटरबाटोको माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो। मिर्मीबाट धार्मिकस्थल सेतीबेनी जान र स्थानीय पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ। २० वर्ष पहिला बनेको आँधीखोला ड्यामबाट सेतीबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमि वरै झरेर शिलाको दर्शन गर्न जानुपर्ने बाध्यता रहेको छ।
पोखरामा स्ववियु चुनाव अनिश्चित
देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची राखिएको थियो। तर क्याम्पसको निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन। उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण सार्वजनिक गरेको भन्दै विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो।
पूर्वाधार निर्माणमा लापरबाहीः दश महिनामा १० प्रतिशत काम
बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ ।
मालढुङ्गामा मोटर गुड्ने पुल
पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीमाथि निर्मित मालढुङ्गाको माेटर गुड्ने पुलसँगै नदी छेउमा रहेको माझी बस्ती र बस्तीमाथि देखिएको म्याग्दी, मुस्ताङ पुग्ने कच्ची सडक । सुमनजङ्ग थापा/रासस
धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।
बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक छ घण्टा बन्द हुने भएको छ ।
ओझेलमा ढोरपाटन
कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो ।
विद्यालय भवन हस्तान्तरण
समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ ।
लय समाउँदै हवाई उडान
पोखरामा माघ १ गते भएको जहाज दुर्घटनाले यात्रुको सङ्ख्या एकाएक घट्न पुग्यो । कतिपय उडान यात्रुविहीन पनि भए । उक्त दुर्घटनालगत्तै काठमाडौँ–पोखरालगायतको हवाई उडान निकै सुस्तायो । जहाज चढ्नु हुँदैन भन्ने मनोवैज्ञानिक त्रासका कारण हवाई यात्रा गर्ने यात्रुको खडेरी नै भयो तर आजभोलि यात्रुको चाप बढ्न थालेको विमान सञ्चालकहरू बताउँछन् ।
खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने
पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा
कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो ।
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
योजना सम्पन्न गर्न सबैले प्रयास गरौँ : मन्त्री जुगजाली
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुगजालीले जिल्ला भित्रका रोकिएका योजनाहरू सबैले प्रयास गरेर सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
अध्ययन तथा अवलोकनको गन्तव्य होमस्टे
गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ ।
खाना पकाउने सिलिण्डर पड्किँदा एक महिला घाइते
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् ।
जलाशय पुरिँदा कालिगण्डकी जलयात्रा सङ्कटमा
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशय सञ्चालनमा आएको जलयात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउँमा मोटरबाटोकाे माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।
बेनी नगरको लोगो बनाउनेलाई २५ हजार पुरस्कार
म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
बेनी संरक्षणका लागि आठ ठूला योजना सञ्चालित
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजारको क्षेत्र र वरपरका बस्तीलाई जोगाउन आठ ठूला योजना कार्यान्वयनमा ल्याइएको छ ।
लागूऔषधसहित तीन जना पक्राउ
तनहुँ प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कास्की कारागारलाई बीस लाख
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कास्की कारागारलाई २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले कारागार तथा कैदीबन्दीको अवस्था सुधारका लागि उक्त रकम छुट्याएको बताउनुभयो।
उत्तरगङ्गा आयोजना अघि बढाउन निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। ढोरपाटन जलाशययुक्त आयोजना गण्डकी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा साबित हुने चर्चा गर्दै उहाँले विकास निर्माणको काम तत्काल अघि बढाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको हो। उहाँले जलाशययुक्त आयोजना निर्माण भएपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा मात्र नभई बागलुङवासी र गण्डकी प्रदेश सरकारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।