खुले ढोरपाटनका विद्यालय
अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।
जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या
पूर्वी नवलपरासीकोे मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध
नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ ।
पर्यटकीय क्षेत्र हाँडीकोटको प्रवर्द्धन हुँदै
ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्।
सडक योजना अलपत्र पार्ने ठेकेदार खोज्दै स्थानीयवासी
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति प्रक्रिया सुरु
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका यहाँका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए ।
पोखरामा पर्यटकको होली (फोटो फिचर)
नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड। आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए।
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो ।
बागलुङमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन
गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन ।
सञ्चार क्षेत्रमा राष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्रमा राष्ट्रिय लगानी हुनुपर्ने बताउनुभएको छ। प्रेस क्लब गण्डकीको पोखरामा आयोजित अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो।
होमियोप्याथिकप्रतिको आकर्षण बढ्दो
होमियोप्याथिक प्रविधिको विश्वास बढ्दै जान थालेपछि नवलपुरको देवचुली नगरपालिकाको रजहरमा १४ वर्षअघि स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयप्रति बिरामीको विश्वास बढ्दै गएको छ। रजहरमा स्थापित सामुदायिक प्राकृतिक चिकित्सालय अहिले बिरामीका लागि सबैभन्दा भरपर्दो होमियोप्याथिक उपचारको गन्तव्य नै बन्न पुगेको चिकित्सालयकी निर्देशक आजाद पुरीले बताउनुभयो।
खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ
लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन ।
शहीदको बलिदानले अहिलेको परिवर्तन सम्भव : महासचिव गुरुङ
नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले शहीदको बलिदानीले नेपालमा अहिलेको परिर्वतन सम्भव भएको बताउनुभएको छ।
गण्डकीको आर्थिक उत्थानका लागि औद्योगिक व्यापार मेला
गैँडाकोटमा आज (आइतबार) देखि प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ ।
कृषकलाई निःशुल्क माटो परीक्षणको सुविधा
तनहुँको म्याग्दे गाउँपालिकाका कृषकले स्थानीय स्तरमै माटाे परीक्षणको सुविधा पाउने भएका छन् ।
तनहुँ जलविद्युत आयोजना : ३४ प्रतिशत प्रगति
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।
हिमपात भएपछि किसान खुसी
हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो ।
शैक्षिक गुणस्तर बढाउन अभिभावक जिम्मेवार
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो।
स्ववियु चुनावी चहलपहल बढ्यो
सरकारी तथा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको चहलपहल बढेको छ। विभिन्न पार्टीका भ्रातृ विद्यार्थी सङ्घ तथा सङ्गठनहरू स्ववियु चुनावमा होमिएका छन्। आगामी चैत ५ गतेलाई निर्धारित स्ववियु निर्वाचनलाई लक्षित गरी धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलसँग सम्बन्धित र स्वतन्त्र नामका विद्यार्थी सङ्गठन चुनावी प्रयोजनका लागि दर्ता भएका हुन्।
पोखराको फेवातालमा डुंगा दुर्घटना : एक जनाको मृत्यु
पोखराको फेवातालमा आइतबार दिउँसो डुंगा पल्टिदा घाइते पोखरा महानगरपालिका १ बगर बस्ने ७० वर्षीय यम माया गिरी महिलाको मृत्यु भएको छ।
१७ बुँदे माग राख्दै तनहुँका किसान आन्दोलित
आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नुपरेको भन्दै तनहुँका कृषकले आन्दोलनको घोषणा गरेका छन्।
जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म
३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो ।