खानेपानी र बिजुलीको लक्ष्य अधुरै
प्रदेश स्थापनापछि २०७४ सालमा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु-याउने निर्णय गरेको थियो। यसबीचमा प्रदेश सभाको पहिलो कार्यकाल बित्यो। चारवटा सरकार बने। मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन। आफ्नै निर्णय र प्रतिबद्धता कार्यान्वयनमा सरकार चुकेको छ। पाँच वर्ष बितिसक्दा पनि ‘उज्यालो गण्डकी प्रदेश’ र ‘एक घर, एक धारा’ कार्यक्रमले पूर्णता पाउन सकेको छैन। सरकारी आँकडाअनुसार प्रदेशको छ दशमलव २६ प्रतिशत जनसङ्ख्या अझै पनि खानेपानीको पहुँचबाट टाढा छ।
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर
छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंका आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु
विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।
पर्यटकीय स्थलमा फोरजी सेवा विस्तार
नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ ।
शिक्षकको कुटाइबाट विद्यार्थीको कानकाे जाली फुट्यो
तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुबेंसीस्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।
स्थानीय तहले बुझेन दमकलको महत्त्व
नेपाली समाजमा एउटा उखान चर्चित छ, ‘काल बाजा बजाएर आउँदैन’ । यस्तो अवस्थामा बाजा नबजाई आएको कालसँग आत्मसमर्पण गर्नुबाहेक विकल्प नै छैन। विपत्का विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ। यस्तो विपत्ति भएको खण्डमा पूर्वतयारीस्वरूप चाहिने अत्यावश्यक दमकल यस जिल्लाका पाँचवटै स्थानीय तहसँग छैन।
भालुपहाड सडक चौडा र घेराबार
साँघुरो तथा घुम्तीका कारण जोखिममा रहेको पुतलीबजार नगरपालिका–४ र फेदीखोला–१ स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको भालुपहाड सडकखण्ड चौडा र कालोपत्रे गरिएको छ। सडक साँघुरो र छेउमा बार नभएका कारण पटक–पटक सडक दुर्घटना हुने भएकाले सडक डिभिजन कार्यालय पोखराले सो सडक चौडा र कालोपत्रेसँगै घेराबार गरेको हो।
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन
गलेश्वर, फागुन १९ गते । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मङ्गला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए । रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उनले बताए । “रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन्”, खेल शिक्षक छन्त्यालले भने । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उक्त प्रतियोगितामा व्यक्तिगतरुपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उनी कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट भएकी छिन् । रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् । रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदैभनिन् । एथ्लेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन् । “स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ”, उनले भने । रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन् । रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उनले बताए । रासस
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार
रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।
मौलिक पहिरनप्रति युवाको आकर्षण
पछिल्लो समयमा आधुनिक पहिरनले समाजलाई छपक्कै छोपेको छ । आधुनिकतासँगै मौलिक पहिचान झल्किने जातीय पोसाक लोप हुन थालेपछि यहाँको मगर समुदायका युवा मौलिक पोसाकको संरक्षणमा जुटेका छन् । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, सभा–समारोह तथा उत्सवमा उनीहरू मौलिक पहिरनमा सजिन थालेका छन् ।
सुकुटी व्यवसायमा जमेका महेन्द्र
पर्यटन व्यवसाय अनि भर्जिन गन्तव्य भनेर चिनिने मुस्ताङको उपल्लो भेगतर्फ पर्ने साबिकको छुसाङ गाविस –३ भ्रकका स्थायी बासिन्दा महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्न लाग्यो । हाल बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने भ्रकमा महेन्द्रले म्याग्दीमा आएर सुकुटी व्यवसायमा जम्नुभएको छ ।
पृथ्वीराजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द
पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
पोखरा विमानस्थलमा रात्रिकालीन उडान सफल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।
बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।
पाहुना पर्खदै बेनीका होटल
टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् ।
जहाँ सेवाग्राही, त्यहीँ सेवा
धवलागिरि गाउँपालिका–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विकको झोलामा वडाको छापलगायत सरकारी कागजात कहिल्यै टुट्दैनन्। वडाध्यक्षले सबैको सेवा गर्नुपर्ने भएकाले नियमित रूपमा वडा कार्यालयमा बसेर सेवा दिन नसक्ने भएकाले सेवाग्राही जहाँ भेट्यो, त्यहीँ सेवा दिँदै आउनुभएको छ।
अनलाइनबाट नामावली सङ्कलनमा समस्या
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनलाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत नामावली सङ्कलन गर्न थालेको छ। सेवाग्राहीको सुविधाका लागि अनलाइन मतदाता नामावली सङ्कलन सुरु गरिएको हो। विगतमा जिल्ला निर्वाचन कार्यालय र नागरिकता जारी हुने ठाउँमा मतदाता नामावली सङ्कलन गर्ने सुविधा हुँदा अधिकांश मतदाता नामावलीमा नाम लेखाउन सहभागी हुन्थे।
बाढीसँगै बग्छ २५ लाख टन माटो
म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ ।
गुणस्तरहीन खाद्य सामग्री नष्ट
म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो ।
नवलपुरमा पहिलो पटक थिएटरमा नाटक मञ्चन हुँदै
पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक थिएटरमा नाटक मञ्चन भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान’ नाटक नवलपुरमा पहिलो पटक मञ्चन भएको हो।
जनमत बढेकाले एमाले झन् बलियो : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ ।
पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।
घरमै स्वास्थ्य सेवा, नागरिक खुसी
एक दिन बिराई स्वास्थ्य संस्थामा जाने अर्जुनचौपारी गाउँपालिका–२, केवरेकी ८४ वर्षीया द्रुपती केसीको बाध्यता अहिले हटेको छ। उच्च रक्तचाप र दमको बिरामी केसीलाई बुढेसकालमा उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी खटाएपछि हटेको हो। पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम बढाएपछि केसीजस्ता सयौँ नागरिकले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका हुन्।