बुटवल नारायणगढ सडक २६ प्रतिशत निर्माण
राष्ट्रिय गौरवको रूपमा रहेको बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ ।
अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न आग्रह
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनुभएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालनलगायत समग्र पोखराको पर्यटन विकासका विषयमा आयोजित अन्तत्र्रिmयामा प्रमुख आचार्यले यस्तो बताउनुभएको हो।
मगर पहिरनमा सजिएका युवतीहरु
आज ४१औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा मगर पहिरनमा सजिएका मगर युवतीहरु ।
चरन क्षेत्रको अभावले मह उत्पादन घट्यो
पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरन क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपलक संघ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् ।
मगर समुदायले मनाए ४१ औँ मगर दिवस
मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ ।
अभिनेता पल शाह रिहा
अभिनेता पल शाह उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका छन् ।
परिवारकै सक्रियतामा व्यवसायी बन्दै युवा
म्याग्दीका युवा आफ्नै परिवारको सक्रियतामा स्वरोजगार बन्न थालेका छन्। सिमलचौरका अशोक शर्मा, रत्नेचौरका हरिबहादुर खत्री र घुमाउनेतालका हरिबहादुर चन्दले स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्नुभएको हो। मङ्गला गाउँपालिका–२, सिमलचौरका खगराज पौडेल र डिलकुमारी पौडेलका सन्तान अशोक र जीवन शर्माले २०७२ फागुनदेखि आफ्नै व्यवसाय केडी कटेज सुरु गर्नुभयो। करिब १० लाख रुपियाँ लगानीमा सुरु गरिएको यो व्यवसायमा अहिले डेढ करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ।
कालिजपालन व्यवसाय फस्टाउँदो
नवलपरासीपूर्वमा कालिजपालन व्यवसाय गर्नेहरू बढेका छन् । कालिजपालन मासुका लागि उपयोगी भएकाले कतिपय युुवा यस व्यवसायतर्फ सक्रिय देखिएका हुन् । कालिजपालन व्यवसायसँगै यसको बजारमा भने समस्या देखिएको छ । युवा व्यवसायी राम थापा व्यवसाय त गरियो तर बजार पाउन गाह्रो भएको बताउनुहुन्छ ।
नायक पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुँदै
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागरामा थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल)ले सफाइ पाउनुभएको छ।
बागलुङको कालिका मन्दिर जीर्णोद्धार
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।
छिम्केश्वरी पर्यटन मार्ग कालोपत्रे हुँदै
महाभारत पर्वत शृङ्खलाको उच्च भागमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
गण्डकीमा मात्रै तीन अर्बभन्दा बढीको सुन्तला बिक्री
गण्डकी प्रदेशमा मात्र यस वर्ष ३ अर्बभन्दा बढीको सुन्तला बिक्री भएको छ । बजारको कुनै समस्या नभएकाले सुन्तलाबाट मनग्य आम्दानी हुँदा किसानसमेत निकै खुसी भएका छन् ।
साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।
सार्वजनिक यातायात अस्तव्यस्त हुँदा यात्रा कठिन
बढ्दो सवारी दुर्घटना तथा सडकको दयनीय अवस्थाका कारण पछिल्ला दिनमा सडक सुरक्षा नेपालका लागि चिन्ताको विषय बनेको छ। करिब १० वर्षमा सडक यातायातको विकासमा उल्लेख्य प्रगति भएको देखिन्छ। खासगरी सङ्घीयतापछि स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण प-यो। देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल रहेको बताइएको छ। त्यसमध्ये झन्डै ७० प्रतिशत धुले सडक छन्।
पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै तनहुँमा खुसियाली
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दिएसँगै उहाँको गृह जिल्ला तनहुँमा खुसियाली छाएको छ। उहाँ कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायत विभिन्न पार्टीको सहमतिमा राष्ट्रपतिको उम्मेदवार बन्नुभएको हो।
घरमा पेट्रोलियम पदार्थ छर्केर आगजनी
तनहुँको व्यास नगरपालिका ३ शान्ति नगरस्थित पञ्चबहादुर रानाको घरको च्यानल गेटमा बिहीबार राती साढे १०:०० बजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरेकी छन् ।
सामुदायिक विद्यालयमा आकर्षण बढाउन बस सुविधा
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन तनहुँको एक पालिकाले विद्यालयहरूलाई बस सुविधा दिने भएको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका पहिलो बनेको छ। आगामी शैक्षिक सत्र २०८० देखि गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेर प्रशंसा कमाएको पालिकाले सहज रूपमा विद्यार्थीलाई शिक्षा उपलब्ध गराउन बसको व्यवस्था गर्ने निर्णय गरेको हो।
राजमार्ग दैनिक चार घण्टा बन्द
पृथ्वी राजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ। मुग्लिन–पोखरा सडकखण्डको चार लेन सडक विस्तारको कामलाई तीव्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । उक्त सडकखण्ड फागनु ११ देखि २७ सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो। निर्माण छिटोछरितो गर्न मुग्लिन–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा रोकी काम गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो।
आमा समूहद्वारा आयातीत मदिरा निषेध
सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो।
शहीद मार्ग कालोपत्रे गरिँदै
वर्षौंदेखि अलपत्र परेको गण्डकी प्रदेशलाई चितवन जोड्ने शहीद बुद्धसिंह मार्गको कालोपत्रेको काम अघि बढेको छ। हाल मार्गको कालोपत्रेका लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणका काम भइरहेको छ। कुल ३४ किलोमिटर दूरीमध्ये पहिलो चरणमा तनहुँको सदरमुकाम दमौलीको बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी कालोपत्रेका लागि काम अघि बढेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। करिब ३१ वर्षअघि खोलिएको यस मार्गको कालोपत्रे नहुँदा यो मार्ग वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ। पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह
पाँच दशकदेखिको पर्खाइ अन्त्य हुने आशा
पूर्वी नवलपरासीको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा वितरण गर्न प्रक्रिया अगाडि बढाइएको छ। देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा केही दिनअघि जग्गा नाप कार्यको सुरु गरियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गाको नापजाँचका लागि सोही वडाबाट नियन्त्रण बिन्दु स्थापनासमेत गरिएको छ।
बलात्कार आरोपमा दुई गिरफ्तार
बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । गत फागुन ५ गते १० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मंगला गाउँपालिका –५ अर्मनका २० वर्षीय ओमे भन्ने राज थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।
रात्रिकालीन उडान : पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।