प्राविधिक शिक्षाको महत्त्व बढ्दो
प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा परे पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनुभयो ।
निजामती ऐन जारी गर्न आग्रह
निजामती ऐन तुरुन्त जारी गर्न कर्मचारीहरूले आग्रह गरेका छन् । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको माग गर्दै कर्मचारीले सो ऐन जारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
धार्मिक पर्यटकको केन्द्र बन्दै शाश्वत धाम
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वत धाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाई यो थलो हुनेगरेको छ ।
सचिन स्मृति दौडको उपाधि दिनेशलाई
प्रजातन्त्र दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।
पोखराको लेखनाथमा बस दुर्घटना
पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा चालकसहित ४९ जना घाइते भएका छन्। पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो।
पोलसहित बनेको सडक भयो 'भाइरल'
गोरखा नगरपालिकामा निर्माण भएका दुई वटा सडकको तस्बिर अहिले भाइरल भएका छन् । बीच सडकमा रहेका विद्युतका पोल नहटाई ढलान गरिएका ती सडकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
वैदेशिक रोजगारी त्यागेर रिसोर्ट सञ्चालन
२०५६ देखि वैदेशिक रोजगारीमा विभिन्न देशहरूमा पुगेर २०७३ मा नेपाल फर्केपछि वीरबहादुर चन्दले कालीगण्डकी रिसोर्ट सुरु गर्नुभयो । चन्दले लामो वैदेशिक यात्रापछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका –३ घुमाउने तालमा कालिगण्डकी रिसोर्ट एण्ड एचवीसी स्वीमिङ पुल प्रालि सञ्चालनमा ल्याउनुभयो ।
तातोपानी कुण्डमा स्नान गर्ने बढे
म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले स्नान गरेका छन् । चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
‘पिउनयोग्य पानी बनाउँछौँ’
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खानेपानी नागरिकको मौलिक अधिकारको विषय भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९, पुरन्चौरस्थित जलकुनी टाकुरा खानेपानी
होमस्टे प्रदेशको गौरबको योजना
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले घरबास (होमस्टे) लाई प्रदेशको गौरवको योजनामा राखेको बताउनुभएको छ।
गलेश्वर शिवालयमा दर्शन गर्नेको भीड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।
‘हल्ला हैन, काम गरेर देखाउनुपर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हल्ला नभई काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समारोहमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यकर्मी अभावमा प्रसूति सेवा बन्द
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परी
गण्डकी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा
गण्डकी प्रदेश सरकार स्थापनाको ५ वर्ष पूरा भएको छ । स्थापना दिवस अवसरमा प्रदेश राजधानी पोखरामा बिहीबार आयोजित विशेष समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले दल र आमनागरिकको भावना समेटेर साझा बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्नका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ ।
नवलपुरबाट सुरु भयाे निकुञ्ज भित्र जीप सफारी
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुभएसँगै जिल्लामा पर्यटकीय गतिविधि बढ्न थालेको छ ।
मनाङका विद्यालय खुल्न थाले
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।
भवन बनेपछि प्रहरीलाई सेवा प्रवाहमा सहज
जिल्ला प्रहरी कार्यालय तनहुँको तीनवटा सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ। पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब सुविधासम्पन्न नयाँ भवनबाट प्रहरीको कामकारबाही सञ्चालन हुने जनाइएको छ।
बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष
स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन गरिएको छ। सङ्घीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको उपचारका लागि बहिरङ्ग कक्ष तथा वार्ड सञ्चालनमा ल्याएको हो।
पोखरामै छैनन् आधुनिक दमकल
१० दिनअगाडि मुस्ताङको थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आगो लागेपछि नियन्त्रण लिन हम्मेहम्मे प-यो। आगो निभाउने दमकल जान सक्ने मार्ग नहुँदा आगो नियन्त्रण लिन समस्या भएको भनाइ अग्नि नियन्त्रकहरूको छ।
यती एयर दुर्घटना : चालक परिवर्तन मुख्य कारक
यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको मुख्य नेतृत्व चालकबाट सहचालकले लिएको पाइएको छ।
सुकुम्वासीलाई जग्गाको निस्सा वितरण
पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।
यात्रु चढेको गाडी काली गण्डकीमा खस्यो, १८ घाइते
जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खसेको छ । गाडीमा सवार १८ जना घाइते भएका छन् ।
बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण
म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।