भीड तथा दङ्गा नियन्त्रण अभ्यास
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती क्षेत्रमा भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ। विभिन्न आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरमा कार्यरत सुरक्षाकर्मीका लागि नमुना अभ्यास गरिएको हो।
नयाँ घर पाएपछि पूर्णकुमारी हर्षित
अर्जुनचौपारी–४, रापाकोट दमाई गाउँकी ७१ वर्षीया पूर्णकुमारी विकले नयाँ घर पाउनुभएको छ। वर्षांैदेखि खरले छाएको चुहिने घरमा बस्दै आउनुभएकी विकलाई दलित उत्थान केन्द्रले घर बनाइदिएको हो। सो केन्द्रले पुरानो घरलाई मर्मत गरी तथा घरसँगै शौचालय, बिजुली बत्तीसहितको नयाँ घर बनाइदिएको हो। एकल महिला विक खर तथा त्रिपालले छाएको चुहिने घरमा बसेको समाचार आएपछि घर बनाइदिएको केन्द्रका अध्यक्ष दीपक सुनारले बताउनुभयो।
मजदुरमा नसर्ने रोगको समस्या पहिचान
म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत मजदुर तथा श्रमिक महिलामा नसर्ने रोगको समस्या देखिएको छ। बेनी अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले संयुक्त रूपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो समस्या देखिएको हो।
भोजनको व्यवस्थापछि बढ्न थाले गिद्ध
तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।
सम्पन्न भएन खानेपानी आयोजना
म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो ।
ज्यालादारी र करार कर्मचारी राख्न नपाइने
गण्डकी प्रदेश सभाले दुई अध्यादेश पारित गरेको छ । अघिल्लो सरकारका कानुनमन्त्री बिन्दुकुमार थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश पेस गर्नुभएको थियो । सदनबाट दुवै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री रोशबहादुर गाहा थापाले प्रस्तुत गर्नुभयो । दुवै अध्यादेशमा अस्वीकार गर्ने सूचना प्राप्त नभएपछि सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश सभाले सर्वसम्मत रूपमा दुवै अध्यादेश पारित गरेको छ ।
नाबालिका बलात्कार मुद्दामा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।
भीरमा अड्किनुभएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
। सशस्त्र प्रहरीले कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खस्नुभएको थियो ।
२० वर्ष पुगेकाले मात्र मदिरा सेवन गर्न पाउने
अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका कुरा राखेर ऐन लागू गरेको हो ।
पर्वतमा यस वर्ष २० टन अलैंची उत्पादन
पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गएपनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् ।
सिमसार क्षेत्र मानवीय चपेटामा
पोखरा उपत्यकामा रहेका सिमसार क्षेत्र मानवीय अतिक्रमणको चपेटामा परेका छन्। यस क्षेत्रमा बढ्दो अतिक्रमणले जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत हराउन थालेको छ। सिमसार क्षेत्रमा दिनप्रतिदिन घर तथा आवास निर्माण हुँदा चराले खाना पाउने ठाउँ घट्दै जाँदा सिमसार क्षेत्रभित्र चराका खाना अतिक्रमणमा परेका छन्।
अस्पताल नहुँदा समस्या
पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबास क्षेत्रमा अस्पताल नहुँदा स्थानीय समस्यामा परेका छन्। करिब ४० हजार सर्वसाधारणको बसोबास रहेको विनयी त्रिवेणीमा सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ। समयमै अस्पताल बन्न नसक्दा आफूहरूलाई समस्या भएको स्थानीय सौरभ गिरीले बताउनुभयो। यहाँका वृद्ध, अशक्त बिरामी तथा सुत्केरीले अस्पतालको भरपर्दो सुविधा लिन ६० किलोमिटर पूर्वको भरतपुर वा त्यति नै दूरी पश्चिमको बुटवल पुग्नुपर्ने अवस्था रहेको छ।
पोखराबाट उड्ने हवाइयात्रु क्रमशः बढ्न थाले
माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।
दुई अध्यादेश स्वीकृत
गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।
सङ्कटमा छन् झलनाथले सम्झिएका असला
गलकोट नगरपालिका ९ का गोम रानाले सानैदेखि दरमखोलामा माछा मार्नुहुन्थ्यो । जलारीका रुपमा उहाँको लामो अनुभव छ । रानाले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको धेरै भइसक्यो ।
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडियो
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ ।
म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री
म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिङलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजना समयमै पूरा गर्न निर्देशन
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीसहितको जनप्रतिनिधिहरू सम्मिलित एक उच्च स्तरीय टोलीले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ ।
पक्की घर पाएपछि विपन्न परिवारमा खुसी
घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनुभएका बन्दीपुर गाउँपालिका–४, विमलनगर निवासी सूर्यबहादुर नेपाली पक्की घर पाएपछि खुसी हुनुभएको छ । सोही ठाउँ निवासी समाजसेवी सीता थापाको सक्रियतामा घर निर्माण गरी नेपालीलाई हस्तान्तर गरिएको हो । सीताको नेतृत्वमा विभिन्न व्यक्तिबाट सहयोग जुटाएर दुईकोठे पक्की घर बनाइएको छ । विभिन्न समूह र व्यक्तिबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरिद गरी बाँकी स्थानीयवासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ गाजाको दह
बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
दोर्दीमा ज्येष्ठ नागरिक सम्मानित
लमजुङको दोर्दी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो सिरक तथा कपडासहित ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।
समयमा सडकको कार्य सम्पादन गर्न ध्यानाकर्षण
राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने
मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।
सुमन श्रेष्ठ ११ दिनदेखि बेपत्ता
तनहुँका एक युवक ११ दिनदेखि बेपत्ता भएका छन् । म्याग्दे गाँउपालिका–४ घुम्ती निवासी २४ वर्षीय सुमन श्रेष्ठ ११ दिनदेखि बेपत्ता हुनु भएको हो ।