हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नुपर्ने गन्तव्य हो ।
मालीबाट मालिक बनेकी ‘सनसरी’
वि.सं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
दुई नाटक मञ्चन
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।
सात मन्त्रीका निर्णय सार्वजनिक
गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ।
शीतभण्डारमा कुहिए सुन्तला
पुतलीबजार नगरपालिका–११ मा रहेको गण्डकी प्रदेशको सबभन्दा ठूलो शीतभण्डारमा सुन्तला कुहिँदा किसान मारमा परेका छन् । शीतभण्डारमा व्यवस्थापन र प्राविधिक समस्या आउँदा सुन्तला राखेको डेढ महिनामा ढुसी आएर बिग्रिएको हो । मङ्सिर १४ गतेदेखि सुन्तला शीतभण्डारमा राख्न थालिएकामा दुई महिना नपुग्दै ढुसी आएको हो । शीतभण्डारमा राखिएका सुन्तला ७० प्रतिशतसम्म बिग्रिएका छन् ।
गाउँ छाडेर धमाधम सहरतिर
बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवारै बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अ
कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ।
पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन
तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्।
बसको ठक्करबाट एकको मृत्यु
पुतलीबजार नगरपालिका ११ करेन्डाडाँमा बसको ठक्करबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना
कास्कीको पोखरास्थित सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।
स्याङ्जामाको काली गण्डकीमा पुस्तकालय सञ्चालनमा
स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो ।
जलविद्युत् आयोजनाद्वारा विद्यालय निर्माण
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ। व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण कार्य सुरु गरेको छ। व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गर्नुभएको छ।
प्राविधिक जनशक्तिलाई अवसर अभाव नहुने
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा प्रमुखसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता अवसरलगायतमा केन्द्रित अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवाप्रदायक संस्था र अध्ययन गरिरहेका विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।
एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ ।
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्रीद्वारा मन्त्री र सचिवलाई निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री तथा सचिवहरूलाई प्रभावकारी रूपमा काम गर्न सुझाव तथा निर्देशन दिनुभएको छ । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नभई काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको हो । पुँजीगत खर्च बढाउन, चालू खर्च घटाउन, अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नसमेत उहाँले निर्देशन दिनुभयो ।
सिद्धार्थ राजमार्ग दस मिटर चौडा हुने
बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको १५८ किमि सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न स्याङ्जा जिल्लाका सर्वसाधारणले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच पालिकाका पाँच ठाउँमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइमा स्थानीयले स्तरोन्नतिका लागि सुझाव दिएका हुन् । महाशाखाले गल्याङ, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिकाका नागरिकसँग सुनुवाइ गरेको हो
राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
भारतको अयोध्या लैजाने शिला हस्तान्तरण (फाेटो फिचर)
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
क्रसर उद्योग खुलेपछि मजदुरहरु खुसी
सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेपछि त्यसमा आश्रिt मजुदुरहरु खुसी भएका छन् । उद्योग बन्द हुँदा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब एक हजार मजदुर बेरोजगार हुनुपर्दा मजुदरहरु मारमा परेका थिए ।
ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकको सुविधाका लागि ग्लोबल आईएमई बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टर सञ्चालनमा आएसँगै बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन् ।
तेह्रवटा वडा अझै अन्धकार
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् । जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा अघि बढेको कावासोती विद्युत् प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताउनुभयो ।