नारायणगढ–बुटवल सडकखण्डको पुल निर्माणमा तीव्रता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड बिस्तार भएको तीन वर्ष पूरा हुँदा २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तारको काम सम्झौता भएको मितिले ४८ महिना भएको भए पनि सडक पुनः निर्माणको प्रगति भने निराशाजनक छ ।
टमाटरको पकेट क्षेत्र पूर्वी नवलपरासी
जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक टमाटर खेती सुरु गरेका हुन्।
नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।
नमुना सहरको काम सुस्त गतिमा
साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो ।
डायलासिस सेवाको क्षमता विस्तार
जिल्लाका स्थानीय मिर्गौलापीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान गर्दै आएको धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । डायलासिस प्रक्रियामा प्रयोग हुने आरो पानी उत्पादन गर्ने मेसिन थपिएपछि सो सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रामा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि यता दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ ।
पुर्ख्यौली सीप बन्यो जिउने आधार
बेनीबजार गणेशटोलका सुकलाल किसानको तीन पुस्ताले जुत्ता सिलाएर जीवन निर्वाह गर्दैआएको छ । त्यही पुर्ख्यौली सीपको बिँडो अहिले सुकलालले धान्दै आउनुभएको छ । सानो छँदा बुवाले सिकाएको त्यही सीपले यतिबेला सुकलालको जीवनमा ठूलै परिवर्तन ल्याइदिएको छ । सामान्य लेखपढ गर्न मात्र जान्ने सुकलालले जुत्ता सिलाउने र पालिस लगाउने पेसाले छोराछोरीलाई उच्च शिक्षादीक्षा दिनुका साथै बजारमा घरघडेरी जोड्नुभयो ।
कालापत्थर देखियो कुमारी हिमाल
यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन।
गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद गठन
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन
यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।
हेलिकोप्टर चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।
ललितपुरबाट मौरी चराउन बागलुङ
मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ ।
प्रधानमन्त्री दाहाल र गण्डकी मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ । बालुवाटारमा मङ्गलवार बिहान उहाँहरू बिच भेटवार्ता भएको हो ।
नवलपरासीपूर्वका सबै वडामा राष्ट्रिय प्रसारण लाइन जोडिने
सुगम जिल्लाका रूपमा परिचित पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको छैन। यस जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालीका १३ वटा वडामा अझै पनि बिजुली पुगेको छैन। यो वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पु-याउन काम दु्रत गतिमा अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणको कावासोती कार्यालयका निमित्त प्रमुख निश्चल अधिकारीले जानकारी दिनुभयो। यसबाट यहाँका करिब ५० हजार जनता लाभन्वित हुने अधिकारीले बताउनुभयो।
गण्डकीमा सात मन्त्रालय कायम
गण्डकीमा सात मन्त्रालय कायम गर्ने औपचारिक निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालय बनाउने निर्णय गरेको हो। आइतबारको अनौपचारिक बैठकले सात मन्त्रालय बनाउने सहमति गरेको थियो। सात मन्त्रालयमध्ये चार मन्त्रालय एमालेले पाउने भएको छ भने दुईवटा माओवादी तथा एक मन्त्रालय राप्रपाले पाउनेछ। हाल एमालेबाट दुई मन्त्री बनिसकेका छन् भने माओवादी र राप्रपाबाट एक/एक मन्त्री बनेका छन्। कायम रहने सात मन्त्रालयको नामसमेत तोकिएको छ।
सुरक्षित सुत्केरीका सारथि
बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीकी भीममाया विकले छ सन्तानलाई घरमै जन्म दिनुभयो। छवटा बच्चा जन्माउनुअघि उहाँले एक पटक पनि गर्भ परीक्षण गराउनुभएन। यसका विविध कारण थिए। पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएनन्। दोस्रो कुरा गर्भावस्थामा गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि भएको पाइँदैन। उहाँलाई गर्भ परीक्षण र भिडियो एक्स–रेबारे कसैले पनि सचेत गराएनन्। उहाँका आमा तथा सासूहरूले ‘काम गर्दागर्दै आफैँ बच्चा जन्मन्छन् चिन्ता गर्नु पर्दैन’ भनेर प्रोत्साहन गर्नुभएको थियो।
क्रसर उद्योग बन्द हुँदा नदी भए कञ्चन
हिउँदमा पनि वर्षाको भेल आउँदाजस्तो धमिलो बग्ने सेती नदी हाल कञ्चन देखिएको छ। छुनसमेत घिनाउनुपर्ने नदीको पानी यति बेला सङ्लिएर सिधै अँजुलीमा लिएर पिऊँपिऊँजस्तो भएको छ। तनहुँ जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएपछि नदी कञ्चन बनेको हो। उद्योग बन्द भएपछि नदीआसपासका जिल्लावासीले पुरानै अवस्थाको कञ्चन सेती देख्न पाएका हुन्। पानी सफा भएपछि यति बेला स्थानीयले नदी किनारमा घाम ताप्दै नुहाउन र लुगा धुन पाएका छन्।
बोलेरो जिप पल्टिँदा एकको मृत्यु, सात घाइते
म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
सिँचाइ अभावले खेत बाँझो
पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।
बढ्यो तोरी उत्पादन
पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो।
विदेश जानुभन्दा बाख्रा पाल्न ठीक
गाउँघरमा प्रशस्त जमिन भए पनि प्रायः युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्। कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्। म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गर्नुभएको छ। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ।
नेवारी संस्कृति पुस्तान्तरण अभ्यास
छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ।
एक करोडको तरुल बिक्री
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ। कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो। नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।
माघेऔँसी मेलामा भक्तजनको भीड
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालका तीर्थस्थलहरूमध्ये पूर्वी नवलपरासीको त्रिवेणीधाममा शनिबारदेखि माघेऔँसी मेला सुरु भएको छ। तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति छ। माघेऔँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइपुगेका छन्। माघेऔँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
कालिगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइन: मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताउनुभएको छ।