विपत् व्यवस्थापनको तयारी
बर्खामा आउन सक्ने विपत्को व्यवस्थापनका लागि सरोकारवालालाई तयारी अवस्थामा राखिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो। उहाँले केही दिनअघि मात्रै विपत्सँग सम्बन्धित सरोकारवालासँग बसेर छलफल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “सकभर विपत् नआओस्, आइहाले पनि कम क्षति होस्।”
स्याङ्जा पुतलीबजारमा सुन्तलाको प्रतिमा
पुतली बजार नगरपालिकाले सुन्तलाको नगरको पहिचान दिने उद्देश्यले ओरेन्ज रङ्गले सजिएको सुन्तलाको प्रतीक राखेको छ । नगरपालिकाले दुई वटा हरिया पात र डाँठ सहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा राखेको हो ।
खानीगाउँमा घरैपिच्छे बाख्रापालन
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पाल्नुभएको छ ।
तीन करोड लगानीमा निर्मित रामायण भवन प्रयोग विहीन
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ ।
हरियाली देखिएको पाखो खेत
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत ।
सुत्केरी, ज्येष्ठनागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिका आफैले एम्बुलेन्स सुचारु गरेको हो ।
पोखराको बैदाम क्षेत्र
पोखरा महानगरपालिका—१८ सराङकोटबाट बिहीबार देखिएको पोखराको बैदाम क्षेत्र ।
‘नागरिकले सहज रुपमा सूचना पाउनुपर्छ’
नेपालको संबिधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्न पाउने हक प्रदान गरेको छ । तर संबिधानले व्याख्या गरेअनुसार नागरिक सहजरुपमा सो हकको प्रयोग गर्ने वातावरण अझै बनिसकेको छैन ।
उत्पादनकेन्द्रित योजना ल्याएका छौँ
स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो। उहाँसँगै गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ। यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जाराले बताउनुभएको छ। यसै सन्दर्भमा अध्यक्ष लोकप्रसाद बन्जारासँग गोरखापत्रका नरेन्द्र ढकालले गर्नुभएको कुराकानी : गाउँपालिकाको अध्यक्षको भूमिकामा तपाईंले एक वर्ष पूरा गर्नुभयो, यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यो एक वर्षको कार्यकालमा म आफैँ पूर्ण सन्तुष्ट छैन। हामीले जे, जति, जसरी गर्ने भन्ने सोच राखेका थियौँ
झरीले स्याउको दाना कम लाग्यो
मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यो वर्ष निकै घट्ने देखिएको छ। स्याउको बोटमा कम फल लागेपछि किसान चिन्तित बनेका छन्। मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ। हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन। जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जात राम्रोसँग फुल्न सकेनन् । यसका साथसाथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग परागसेचन हुन नपाउँदा फल लागेको छैन। शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले भन्नुभयो, “स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्तादेखि १० दिनसम्म झरी पर्दा परागसेचन हुन पाएन। त्यसैले दाना कम लाग्यो।”
पृथ्वीराज मार्गको अवरोध हट्यो
पृथ्वीराज मार्गको दमौली–पोखरा खण्डमा भएको अवरोध हटेको छ । बुधवार साँझ ६ बजे म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बिचमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
उन्नत जातका बाख्रा उत्पादन हुँदै
८० हेक्टरमा फैलिएको तनहुँको सरकारी बाख्रा फार्ममा उन्नत जातका पाठापाठी खेलिरहेका छन्, बाख्रा र बोका एउटै खोरमा रमाइरहेका देखिन्छ । एकातिर ब्याएका बाख्राबाट दुध निकालेर चिज बनाउने काम पनि भइरहेको छ भने अर्कोतिर स्थानीय खरी जातका बाख्रामा व्रmस गराउने किसान पनि त्यहाँ देखिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम अन्तर्गत त्यहाँका सारपानी र छाप गरी दुईवटा फार्ममा बाख्राका लागि भइरहेका गतिविधि हुन् यी । अस्टे«लिया, भारत र साउथ अफ्रिकाबाट उन्नत जातका बोका ल्याएर सुरु भएको सो अनुसन्धान केन्द्रमा हाल विभिन्न उमेरका बाख्रा तथा बोका ८४९ वटा छन् ।
सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
पृथ्वीराजमार्गको दमौली–पोखरा खण्ड अबरुद्ध भएको छ । आज साँझ ६ बजे म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हो ।
सवारी चालक अनुमतिपत्रको राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ
सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ ।
नमुना सदरमुकाम निर्माण अलपत्र
देशकै कान्छो जिल्ला नवलपुरको नमुना सदरमुकाम निर्माण स्थल कावासोतीमा निर्माणको काम सुरु गर्ने विषयमा अन्यौलता बढ्दै गएको छ । शिलान्यास भएको चार वर्ष पुग्दा समेत कार्यालय बन्नु त पर, कामसमेत सुरु भएको छैन ।
भानुकप फुटबलमा ४० टोली
आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक राशीको भानुकप फुटबल प्रतियोगितामा ४० टोलीको सहभागिता रहने भएको छ ।
जलेको २० वर्षमा पनि बनेन भानुको घर
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।
महिला नेतृत्वको सिँचाइ योजना समयमै सम्पन्न
म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।
दुग्ध उत्पादक किसानलाई नगद अनुदान
नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ । नगरपालिकाभित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रुपियाँ अनुदान वितरण गरेको हो ।
घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज
घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन ।
बेनी नगरले सङ्कलन गर्यो साढे चार करोड राजस्व
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
महिलाको नेतृत्वमा सिँचाई योजनादेखि मोटरबाटो निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–३, बरंजा स्थित एक सिँचाई योजना महिलाको नेतृत्वमा निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ । रेखा घिमिरे अध्यक्ष रहनुभएको उपभोक्ता समितिले झ्याप्रे खोला–दह–साँझे सिँचाई योजना समयमै निर्माण सम्पन्न गरेको हो ।
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।
गण्डकीमा दस करोडको विपत् कोष
गण्डकी प्रदेश सरकारले विपत् जोखिम न्यूनीकरणका लागि १० करोडको कोष बनाएको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनका लागि प्रदेश सरकार सँगै रहेको बताउनुभएको छ। उहाँले विपत् जोखिम न्यूनीकरणका लागि जिल्ला तहमा पनि १०/१० लाख नघट्ने गरी विपत् कोषको रकम पठाएको जानकारी दिनुभयो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित प्रदेश शान्तिसुरक्षा र विपत् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा