मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। विमानस्थल सञ्चालनमा आउँदा पर्यटन व्यवसायी जति खुसी छन् उति नै दुःखी पनि छन्। पोखराको पहिचान बोकेको प्याराग्लाइडिङ विस्थापित हुने डरले पर्यटन व्यवसायीहरू दुःखी भएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण सराङकोटको डाँडाबाट हुने प्याराग्लाइडिङ उडान सेवा सङ्कटमा परेको छ। सराङकोटदेखि उड्दै फेवा तालको उत्तरी क्षेत्रमा ल्यान्डिङ हुँदै आएको प्याराग्लाइडिङ अब भने सो ठाउँमा उडाउन नपाउने व्यवस्था लागू गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटसहित तीन ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द गराएको छ।
जग्गाको कित्ताकाट खुल्यो
तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।
कालिगण्डकी मोटरेबल पुल १० वर्षमा १० प्रतिशत काम
कालिगण्डकी –१ कारिकोट र गुल्मीको रिडी जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस ब्रिज १० वर्षमा १० प्रतिशत मात्र काम सकिएको छ ।
पृथ्वीनारायण क्याम्पसका जग्गामा पुल निर्माण हुँदा विरोध
पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ ।
पूर्वी नवलपरासीको तीन गाउँपालिकामा बिजुली पुग्दै
पूर्वी नवलपरासीको तीन गाउँपालिका नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोडिन लागेको छ । हुुप्सेकोट, बुुलिगंटार र बौदीकाली तीन गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युुतको पहुुँचमा पुग्दैछ
बलात्कारका आरोपी क्षेत्री पक्राउ
वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका एक जना बलात्कारका आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।
बागलुङ–गुल्मी जोड्ने सडक निर्माण तीव्र गतिमा
बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तीव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।
कालीगण्डकीको शिला अयोध्या पठाउन अध्ययन
शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो।
बिपन्न दलित परिवारलाई न्यानो कपडा
जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
सडक दुर्घटनाबाट मृत्यु हुने दरमा वृद्धि
पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
नागरिकको गुनासो सुन्न ‘हेल्लो वालिङ’
स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरूलाई व्यवस्थित रूपमा सुनुवाइ गर्न ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ ।
निजामती कर्मचारी अध्यादेश पेस
मङ्गलबारदेखि सुरु गण्डकी प्रदेशको प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेस भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गर्नुभएको पत्र बैठकमा पढेर सुनाइएको थियो। प्रदेशका ज्येष्ठ सदस्य एवं सभामुख मित्रलाल बस्यालले बैठक प्रारम्भ गर्नुभएको थियो। आजको पहिलो बैठकमा प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी अध्यादेश पेस भएको छ। गण्डकी प्रदेश सरकारले अघिल्लो संसद् बैठक अन्त्य भइसकेपछि प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो। बैठकमा गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कानुनमन्त्री विन्दुकुमार थापाले पेस गर्नुभएको हो।
जलविद्युत् आयोजना भित्रियो, सडक बन्यो
बजेट अभावमा वर्षौंदेखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसीदेखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै निर्माण भएको छ। सडक निर्माण गर्न गाउँलेहरूले चन्दा सहयोग तथा जग्गाधनी पुर्जा बैङ्कमा धितो राखी रकम जोहो गरेर १० वर्षअघि सडक निर्माण थाले पनि आवश्यक रकम जुटाउन नसक्दा सडक योजना थला परेको थियो।
कालीगण्डकीमा जलयात्रा सञ्चालन
म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिएको छ । जलयात्राको राम्रो सम्भावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो ।
मनाङ भुटानी क्लबसँग स्तब्ध
‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २२औं आरा–रारा गोल्डकपको पहिलो खेलमै भुटानी क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकासँग १–० गोलले स्तब्ध बन्यो ।
पर्यटक तान्दै कालीगण्डकी जल यातायात
पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित नवीन टोल विकास संस्थामा आबद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे ।
दस दिनमा बन्यो काठेपुल
कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो। करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।
विमानस्थलसम्म सार्वजनिक बस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो।
हिँड्ने ओदान कोतघरको धन्सारमा बन्धक
गलकोट नगरपालिका–३ स्थित गोलकोट दरबार ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व र विश्वास बोकेको क्षेत्र हो। मल्लकालीन राजा जितारी बम मल्लले हटिया बजारदेखि पाँच किलोमिटर दक्षिण समुद्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमाथि अग्लो ठाउँमा आवासीय तथा प्रशासनिक दरबार बनाउनुभएको थियो।
म्याग्दीको तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो ।
सङ्कटा सेमिफाइनलमा प्रवेश
सङ्कटा क्लब पोखरामा जारी २२औँ आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा सङ्कटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो ।
समयमै विकास निर्माणका काम सम्पन्न गर्न सांसद माझीको आग्रह
प्रतिनिधिसभा सदस्य उर्मिला माझी (पौडेल)ले विकास निर्माणका काम समयमा सम्पन्न गरी जनतालाई प्रभावकारी सेवा दिन सक्रिय पहल गर्नुभएकाे छ। निर्वाचनमा विजय घाेषित भएपछि जिल्ला आउनुभएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पूर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू तोकिएको समयमा नसक्दा जनताले असुविधा भोग्न बाध्य हुनुका साथै जिल्लाको परिचय पनि बिग्रने बताउनुभयाे ।
मनाङको हिउँदे कठिनाइ
जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।