‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान
लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो ।
तनहुँका दश स्थानीय तहद्वारा रु सात अर्ब ७५ करोडको बजेट प्रस्तुत
तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
पोखरा महानगरको बजेट सात अर्ब १५ करोड
पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आज १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो।
पोखरा महानगरको नीति तथा कार्यक्रम
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगर प्रमुख धनराज आचार्यले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लेकसाइडलाई २४ घण्टा खुला गर्न पहल गर्ने बताउनुभयो।
संस्कृति संरक्षणका लागि पञ्चेबाजा हस्तान्तरण
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परागत सिप तथा संस्कृति संरक्षण गर्न पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
बेनी नगरपालिकाले ल्यायो ७१ करोडको बजेट
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आइतबार बेनी नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशनमा ७० करोड ८९ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो ।
अवरुद्ध पोखरा वाग्लुङ सडक आंशिक रूपमा खुल्ला
गए रातीबाट अवरुद्ध रहेको पोखरा वाग्लुङ सडकअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका काँडे नजिक पाउदुर खण्डमा बन्द भएको सडक १३ घण्टापछि आंशिक रूपमा खुलेको छ ।सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन अलपत्र भएका छन् भने हजारौँको सख्यामा रहेका यात्रुले दुख पाएका छन ।
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका –२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो ।
व्यावसायिक बनाउँदै घरेलु मदिरा
स्याङ्जाको भिरकोट नगरपालिकाले घरेलु मदिरा व्यावसायिक बनाउने भएको छ। पालिकाले घरेलु मदिरालाई ब्रान्डिङ गरी व्यावसायिक बनाउने योजना सार्वजनिक गरेको हो। पालिकाले १२ औँ नगर सभामा घरेलु मदिरालाई व्यावसायिक बनाउने योजना अघि सारेको हो। नगरपालिकाले कार्यपालिका बैठकबाट नीति तथा कार्यव्रmममा घरेलु मदिराको ब्रान्डिङ गर्ने र व्यावसायिक बनाउने निर्णय गरी नीति तथा कार्यक्रममा समावेश गरेको हो।
मनोरञ्जन क्षेत्र करको दायरामा
अब ग्राहकले नाइट क्लब गएबापत सरकारलाई कर तिर्नुपर्ने भएको छ। गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको हो। सरकारले आर्थिक ऐन, २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपियाँ कर लिने व्यवस्था गरेको हो।
भिडियो एक्सरे सेवा बन्द
जनशक्ति अभाव भएको भन्दै पर्वत अस्पतालले भिडियो एक्सरे सेवा बन्द गरेपछि पर्वतका सर्वसाधारण नागरिक उक्त सेवाबाट वञ्चित बनेका छन्। अस्पतालका निमित्त प्रमुख डा. रुक्मिणा अधिकारीले दक्ष जनशक्ति नहुँदा इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो।
घोडेपानीमा लालीगुराँस पार्क
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क निर्माण गरिएको छ । लालीगुराँस पार्कले घोडेपानी र पुन हिलमा पर्यपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ ।
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।
बस र कार ठक्कर खाँदा पाँच यात्रु घाइते
डुम्रे–वेशीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–९ बडहरेमा बस र कार शनिबार दिउँसको ठक्कर खाँदा पाँच यात्रु घाइते भएका छन्। घाइते हुनेमा कारमा सवार रहेका छन्।
आँधीखोलामा दश किमी सडक कालोपत्रे
आँधीखोला गाउँपालिका र पूर्वाधार विकास कार्यालयले १०.२ किलोमिटर सडक कालोपत्रे गरेका छन्। यहाँ पूर्वाधारले आठ किलोमिटर कालोपत्रे गर्दा गाउँपालिकाले आफ्नो लगानीमा २.२ किलो मिटर सडक कालोपत्रे गरेको हो।
कालीगण्डकी नदी किनारमा पैदलमार्ग
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालिग्राम र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।
चट्याङ लागेर ४५ भेडा मरे
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।
प्रथम शहीद लखन थापा स्मृति पार्क (फोटो फिचर)
गोरखाको काहुले भंगार, बुंगकोटमा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मारक स्थल निर्माण गरिएको छ । लखन थापा मगरको जन्मस्थल समेत रहेको यहाँ थापाले विद्रोहको सुरुवात गरेका थिए ।
चट्याङ लागेर युवकको मृत्यु
चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका –५ खाल्टेपानी निवासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उहाँको २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसका सामग्री बनाउन उद्योग
तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँसका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरिरहेको छ । सञ्चालन गर्न लागिएको बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि चीन र भारतबाट आवश्यक उपकरण आइपुगेको गाउँपालिकाले जनाएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उद्योग स्थापना गर्न लागिएको र उपकरण जडानको काम असार १५ गतेबाट पूरा हुने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो।
कृषकलाई यान्त्रिक हलो
जिल्लाको बिहादी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ। यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन मिनी टिलर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले बताउनुभयो। अध्यक्ष गुरुङका अनुसार ४५ जना कृषकलाई मिनी टिलर (हलो) वितरण गरिएको हो। आधुनिक प्रविधिसँगै खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर कृषकलाई अनुदानमा हलो वितरण गरिएको गुरुङको भनाइ छ। गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो भएकाले वितरण गरिएको उहाँले बताउनुभयो। डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ।
फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिवल
पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो ।
चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी नगरपालिका
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो ।
व्यास नगरपालिकाको बजेट एक अर्ब ६० करोड
तनहुँको व्यास नगरपालिकाकाले आइतबार करिब एक अर्ब ६० करोडको बजेट प्रस्तुत गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रममा सो बजेट प्रस्तुत गर्न लागिएको हो ।