नाबालिका बलात्कार घटनामा वृद्धि
बागलुङमा मानव अघिकार उल्लङ्घनका घटनामध्ये सबैभन्दा बढी नाबालिका बलात्कृतका घटना सार्वजनिक भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि तयार गरेको घटना विवरणमा सो तथ्य उल्लेख गरिएको छ। इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार पछिल्लो छ महिनामा बालबालिकामाथि भएको मानव अधिकार उल्लङ्घनका २२ वटा घटनामध्ये १८ वटा नाबालिका बलात्कारका घटना छन्।
पालिका कार्यालय भवन निर्माणमा ढिलाइ
अर्जुनचौपारी र फेदीखोला गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि सम्झौता भएको एक वर्ष म्याद गुज्रिँदा पनि निर्माण कार्यमा ढिलासुस्ती भएको छ। दुवै गाउँपालिकाको कार्यालय भवन निर्माणको जिम्मा लिएको किराँतेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी सुकेधारा काठमाडौँले भवन निर्माणमा ढिलाइ गरेको हो।
‘पार्टीले बोलाएन, पोखरा आयौँ’
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीले आफूहरूलाई नबोलाएपछि पोखरा भ्रमणमा आएको बताएका छन्। आइतबार बिहानदेखि फोन आउँछ भनी बसेका थियौँ आएन, अन्ततः गठबन्धन टुट्यो, अब पछुताउनुबाहेक केही बाँकी नरहेको उहाँहरूले बताउनुभएको हो । “व्यक्तिगत रूपमा म नढाँटी भन्छु, बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिएँ। उहाँले ‘कल’ गर्नुभएन,” थापाले भन्नुभयो।
छाडा पशु चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धता
शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्नेसहित २५ बुँदे प्रतिबद्धता जनाएका छन् ।
म्याग्दे गाउँपालिकाद्वारा निस्सा वितरण सुरु
तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण सुरु गरेको छ ।
स्याङ्जामा दशककै बढी सुन्तला उत्पादन, एक अर्ब १४ करोडको बिक्री
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस बर्ष सुन्तलाको उत्पादन अत्यधिक रूपमा वृद्धि भएको छ । यहाँ यस वर्ष एक अरब १४ करोड बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।
भेडा बचाउन भालुसँग भिड्ने ''टीकाप्रसाद''
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका टीकाप्रसाद पुन अहिले ७९ वर्षको हुनुभयो । उहाँको क्रियाशीलता र सक्रियता भने युवाको भन्दा कम छैन । आठ वर्षको उमेरदेखि भेडीगोठ बस्न थाल्नुभएका टीकाप्रसाद आजभोलि पनि अनकन्टार भीर ,पहरा र जङ्गलको बाटो हुँदै लेक र औल गर्नुहुन्छ ।
सडक विस्तारले पाइपलाइन प्रभावित
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कार्यले तीव्रता पाएको छ । नवलपुरको गैडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड (क) र दाउन्ने बुटवलसम्मको ४८.५८ किलोमिटरलाई खण्ड (ख) अन्तर्गत राखिएको छ । विस्तार भइरहेको सडकको कूल लम्बाई ११३ किलोमिटर छ । सडक निर्माणका क्रममा नवलपुरको ५७ किलोमिटर खानेपानी पाइपलाइन प्रभावित भएको छ । गैँडाकोटदेखी दुम्किबाससम्म ५७ किलोमिटर पाइपलाइन प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
म्याग्दीको गुर्जाबाट गर्भवतीको उद्धार
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरी पोखरा पुर्याइएको छ ।
निर्माण कार्यले गति लिन सकेन
पूर्वी नवलपरासीको कावासोतीमा ‘एकीकृत नमुना सदरमुकाम’को शिलान्यास गरेको तीन वर्ष बितिसक्दा पनि भौतिक पूर्वाधार निर्माण कार्यको सुरुवात हुन सकेको छैन। नयाँ जिल्ला स्थापनासँगै सरकारी कार्यालयहरू नभएकाले सबै कार्यालय एकै ठाउँमा बनाउने उद्देश्यसहित एकीकृत नमुना सदरमुकामको शिलान्यास गरिएको थियो तर नमुना सदरमुकाम शिलान्यास गरेको झन्डै तीन वर्ष हुँदासम्म पनि निर्माण कार्यले गति लिन सकेको छैन। राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीय संरचनामा नवलपरासी जिल्लाबाट दाउन्नेपूर्वलाई टुत्र्mयाएर नयाँ जिल्ला कायम गरिएपछि कावासोतीलाई नमुना सदरमुकाम बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते शिलान्यास गर्नुभएको थियो।
फोहर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित
बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ ।
सडकसँगै होमस्टेले तान्यो पर्यटक
तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने ।
देशको पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा
सरकारले ८५ प्रतिशत अनुदान दिने सहमतिमा सञ्चालनमा आएको देशकै पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा पुगेको छ ।
गोरखापत्रकर्मी नहर्की सम्मानित
गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की दमौलीमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट विद्यालयको विविध गतिविधि समुदायसमक्ष सूचना सम्प्रेषण गरी सहयोग गरेको भन्दै दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले आफ्नो ४७ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
बेनीलाई जोगाउन नदी कटानको उच्चजोखिम क्षेत्रमा पक्की पर्खाल निर्माण सुरु
कालीगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ ।
आयुर्वेदिक स्वास्थ्योपचार सेवा लिने बढे
तनहुँमा आयुर्वेदिक स्वास्थ्योपचार सेवाप्रति बिरामीको विश्वास बढ्दै गएको छ। आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा थपिएपछि यस उपचारप्रति बिरामीको आकर्षण बढेको हो। आयुर्वेदिक उपचार प्रभावकारी भई बिरामीले लाभ लिन थालेपछि तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी चाप बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाइएकाले आयुर्वेद स्वास्थ्यमा उपचारका लागि आउने गरेको बिरामीले बताएका छन्। नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले बताउनुभयो। २५० रुपियाँ खर्चमै आयुर्वेदिकबाट लाभ मिल्यो, हड्खलेले भन्नुभयो।
म्याग्दीको तातोपानीमा नुहाउनेको भीड
पछिल्लो समय म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरूको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गा स्थित तातोपानी कुण्डमा स्नान गर्नेहरू सर्वसाधारण, बिरामी र पर्यटकको सङ्ख्या बढेको हो ।
अर्गानिक अमलाको अचारबाट गाउँमै राम्रो आम्दानी
वालिङ नगरपालिका –१२ का युवा डोलराज (डोलम) पराजुलीले अमलाको फलबाट अचार र बेलको फलबाट चिया बनाएर राम्रो आम्दानी गर्नुभएको छ ।
रातो ढुङ्गा सवस्टेशन निर्माणमा ढिलाइ
म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष अघि नै सम्पन्न हुनु पर्ने ३३-११ केभी क्षमताको उक्त सवस्टेशन ठेकेदारको लापरबाही र जग्गाधनीको अवरोधका कारण निर्माण हुन नसकेको हो ।
सांसदको शपथ पुस १४ मा
गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई शपथ गराउनुहुनेछ। त्यसको भोलिपल्ट बस्यालले अरू सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने पुस १३ मा आफ्नै निवास सिमलचौरमा शपथ गराउनुहुनेछ। नेपालको संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा ७५ (१)बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ।
शिक्षाले उद्यमशीलतामा जोड दिनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दकिशोर पुनले अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैँलाई बोझ हुने स्थिति बनेको बताउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको भन्दै उद्यमशीलतालाई जोड्ने गरी शिक्षालाई अघि बढाउनुपर्ने बताउनुभयो। शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो।
स्याउको बगान व्यवस्थापन गरिँदै
हिमालपारिको जिल्ला मुस्ताङका स्याउ किसानहरू अहिले बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । रसिलो स्याउको राजधानीको रूपमा रहेको मार्फा लगायतका क्षेत्रका स्याउ किसानहरू स्याउ जातका फलफूलको बगैँचा व्यवस्थापनमा सक्रिय रहेका छन् ।
राइनासटार सिंचाई योजनाको पक्षमा लमजुङका सांसद
लमजुङको राइनासटार सिंचाई योजनाका उपभोक्ताको मागलाई सम्बोधन गर्नुपर्नेमा लमजुङका आठ जना सांसदहरुले ऐक्यवद्धता जनाएका छन् । संघ र प्रदेशमा निर्वाचित सांसदहरुले प्रेस विज्ञप्ति जारी गर्दै राइनासटार सिंचाई योजनामा पानीको प्राकृतिक वहावमा अवरोध हुन नदिन र समयमै किसानको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शहीदको सम्झनामा पार्क र छात्रावास निर्माण
तनहुँमा शहीदको सम्झनामा पार्क तथा छात्रावास निर्माण गरिएको छ । व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क निर्माण गरिएको हो ।