किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण
बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।
अर्जुन चौपारीमा ट्रस पुल निर्माण
अर्जुनचौपारी गाउँपालिकामा दरौखोलामा तीन महिनामा ट्रस पुल निर्माण भएको छ । देशभर काम थालनी भएको लामो समयसम्म योजना सम्पन्न नभईरहदाँ सम्झौता अवधिको पाँच महिनामा बाँकी रहँदै स्थानीय उपभोक्ताले निर्माण ट्रस पुल गरेका हुन् ।
विवाहको दुई महिना नबित्दै श्रीमतीको हत्या
सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन
शुक्लागण्डकी नगरपालिका –२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।
तीन सय घरधुरीलाई खानेपानीको समस्या
तनहुँको भानु नगरपालिका–२ का बासिन्दा वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका छन्। खानेपानीको समस्या समाधान गरिदिन पटक पटक सरकारी निकाय धाएको भए पनि उनीहरूको माग पूरा भएको छैन। सो वडाका अम्बोटे, भकुन्थोक, कालीमाटी र बाह्रबिसेका बासिन्दा एक ग्राग्री पानी लिन एक घण्टा समय खर्च गर्नुपर्ने बाध्यतामा रहेका छन्।
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न खोप
तनहुँका सबै पालिकामा गाई, भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो । रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भइरहेको र तीन हजार एक सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये आठ वटा पालिकामा पशुलाई खोप लगाइसकिएको छ । अन्य दुई वटा पालिकामा समेत खोप लगाउने काम तीव्र रूपमा भइरहेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए ।
शारीरिक अशक्तलाई भाडादर छुट गर्ने प्रतिबद्धता
शारीरिक अशक्त भएका व्यक्तिहरूलाई भाडादर छुट गर्नेमा स्याङ्जाका यातायात व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । जिल्लास्थित यातायात व्यवसायी कम्पनीहरूका बीचमा शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई कानुन बमोजिम भाडामा छुट, आरक्षण सिटको व्यवस्था र भाडादर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो ।
१६ घण्टा पछि खुल्यो बेनी-जोमसोम सडक
बेनी-जोमसोम सडक सोह्र घण्टा पछि खुलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बाढीले बगाउँदा सडक अवरुद्ध भएको थियो।
बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्छ : अध्यक्ष डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताउनुभएको छ ।
मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी
मखमलको चोली, छिटको गुन्यू, पटुकी, घलेक, टिकिस्, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती । उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, टोपी र खुर्पेटोमा सजिएका पुरुषहरूले ।
हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर
रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्याल ढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके ।
कावासोतीमा प्रविधियुक्त चिस्यान केन्द्र निर्माण हुँदै
पूर्वी नवलपरासीको कावासोतीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएको छ । विगत दुई वर्षअघि चिस्यान केन्द्रको निर्माण कार्य थालनी गरिएको भए पनि विविध कारणले केही समय काम रोकिएको थियो ।
मापसे गरेर सवारी चलाउनेलाई जरिवाना र सचेतना कक्षा
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।
पानी माग्दै इन्द्र र महादेवको पूजापाठ
लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी–२ ढकालटारमा पूजापाठ गरिएको हो ।
आगलागी पीडितलाई आर्थिक सहयोग
स्याङ्जाको भिरकोटमा भएको आगलागीका पीडितलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् ।
जथाभाबी पार्किङ र फुटपाथमा व्यवसाय गरे कारबाही
वालिङ नगरपालिकाले सडक पेटीमा सामान नराख्न र जथाभाबी पार्किङ गरेको पाइएमा कारबाही हुने भएको छ । पछिल्लो समय बढ्दो बजारीकरण तथा मानिसको जनघनत्वका कारण साँघुरिएको सडक क्षेत्रलाई अव्यवस्थित बनाएको भन्दै वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
अन्नपूर्ण गाउँपालिका–१ मा पालिकास्तरीय अस्पताल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –१ दोवामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो ।
‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न तीन हजार पशुलाई खोप
तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।
बेनी–जोमसोम सडक अवरुद्ध
बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
गर्मी छल्न पोखरामा भारतीय पर्यटक
अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ।
प्लाष्टिकको बोरामा महिलाको शव भेटियो
तनहुँमा प्लाष्टिकको बोराभित्र मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ।