स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना : चालकको मृत्यु, तीन घाइते
अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु भइसकेका व्यक्तिलाई पाँच लाख २५ हजार सामाजिक सुरक्षा भत्ता
। तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।
वालिङमा ठेउलाको महामारी
स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मुर्रा राँगो : भैँसीको नस्ल सुधारका लागि विशेष योगदान
भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नस्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।
मानसिक रोगीको उपचारमा मद्दत गर्दै पालिका
तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ ।
घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण भएका १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ ।
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी
सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका –३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् ।
भिरमहको आम्दानीबाट शिक्षकलाई तलब
शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
पृथ्वीराजमार्ग विस्तारको काम सुस्त
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा सो सडक विस्तारको प्रगति भने निराशाजनक छ ।
पाँच महिनामा गलेश्वरधाममा एक लाख भक्तजन भित्रिए
कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँच महिनाको अवधिमा करिब एक लाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री शानयुक्त पालिका घोषणा गर्ने
हिमाली जिल्ला म्याग्दीको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिकाले आगामी २०८२ चैत मसान्त सम्ममा बालमैत्री गाउँपालिकाको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ।
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं. १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।
खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ
तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् ।
गाईघाट झरना : आन्तरिक पर्यटकको आकर्षण बन्दै
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना ।
बाढीले बगाउँदा महिलाको मृत्यु
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ ।
पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना, १८ जना घाइते
म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पानी नपर्दा धानको बीउ राख्न समस्या
पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् ।
प्याराग्लाइडिङको परीक्षण सफल
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्याराग्लाइडिङ सुस्त बनिरहँदा पुतलीबजार नगरपालिका -१४ सतौकोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा अर्जुन चौपारी गाउँपालिका -१ मा दुई हजार बिरुवा रोपण तथा सरसफाइ गरिएको छ ।
पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान
तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला ।
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका –१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।
अकला मन्दिर पुनः निर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता
भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनः निर्माणको काम अलपत्र परेको छ ।
पुँजीगत खर्च बढाइने, गाँजा सम्भाव्यता अध्ययन गरिने
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।