• १२ साउन २०८१, शनिबार

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।

गण्डकी, असार ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सिमाना भएको पनि बताउनुभयो ।

मन्त्री किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘‘यो सुरुवात गर्नु धेरै ठुलो कुरा हो । योभन्दा पनि ठुलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ । सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो ।,’’  मन्त्री किरातीले ‘‘यो भन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ । त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’’

मन्त्री किरातीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्नुहुँदै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने बताउनुभयो ।