कुमालटारी कृषि फर्ममा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा कुमालटारीस्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फर्ममा आगलागी भएको हो ।
प्रहरी निरीक्षक गिरी उत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भूपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
विना निवेदन घरमै अनुदान पाउँदा कृषक दङ्ग
विना निवेदन अनुदान प्राप्त भएपछि तनहुँको ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगर छक्क पर्नुभएको छ । खबर नगरेर कृषि ज्ञान केन्द्र तनहुँको टोली थापाको घरमै मौरीका घार पुर्याउन आउँदा थापाको परिवार अलमलमा परेको थियो ।
खुट्टाको सहायताले उच्च शिक्षा
पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा जन्मजात नै शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँ बोल्न तथा हातको सहाराले केही काम गर्न सक्नुहुन्न तर खुट्टाको सहयोगमा अन्य धेरै काम गर्दै आउनुभएको छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चाको रहर पनि झमकजस्तै साहित्यकार बन्ने छ।
रोग लुकाउँछन् बिरामी
बागलुङमा पछिल्लो पाँच महिनाको अवधिमा सात जना कुष्ठरोगका बिरामी पहिचान भएका छन्। यो तथ्याङ्क अघिल्लो एक वर्षभित्र पहिचान भएका बिरामीको हाराहारी हो। अघिल्लो वर्ष नौ जना बिरामी पहिचान भएका थिए। चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म सात जना नयाँ बिरामी भेट्टिएका छन्। यो तथ्याङ्क निकै चिन्ताजनक रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो।
कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि महोत्सव
पूर्वी नवलपरासीको कावासोतीमा कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि फागुन ३ गतेदेखि १३ गतेसम्म सातौँ नवलपुर महोत्सव हुनेभएको छ ।
विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ ।
कृषकको आयस्तर परिवर्तनमा सुन्तला खेती
सुन्तला खेतीबाट तनहुँका कृषकको आयस्तर परिवर्तन भएको छ। चालू आर्थिक वर्षमा यहाँका कृषकले सुन्तला बिक्रीबाट वार्षिक करिब २६ करोड आम्दानी गरेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएका सुन्तला बिक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
एक प्रहरी, एक म्याट्रेस
बागलुङ जिल्लामा कार्यरत नेपाल प्रहरी कर्मचारीलाई आरामदायी विस्ताराका लागि ‘एक प्रहरी, एक म्याट्रेस’ वितरण गरिएको छ। यस जिल्लाके १० स्थानीय तहको सहकार्यमा एक प्रहरी कर्मचारीलाई एक आरामदायी विस्तारा उपलब्ध गराइएको छ। सो अभियानअन्तर्गत पहिलो चरणमा ३८९ थान म्याट्रेस वितरण गरिएको हो। प्रहरी कर्मचारीलाई आरामदायी सुताइमा सहयोग पु-याउने उद्देश्यले म्याट्रेस वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो।
शीतभण्डार निर्माणमा चासो
पुतलीबजार नगरपालिका–११, जैसीडाँडाको शीतभण्डारमा राखेका सुन्तला कुहिन थालेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ। सुन्तला भण्डार गरी राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकार आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेललगायतको टोलीले शीतभण्डारको निरीक्षण गरेको हो।
सडकको पार्किङ हटाउँदै पोखरा महानगर
पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।
भेडाबारीको एक किलोमिटर सडकखण्ड कालोपत्रे
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।
पार्किङ व्यवस्थापनमा पोखरा महानगर
पोखराको मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन छोडेर महानगरपालिकाले वैकल्पिक व्यवस्थापनको खोजी सुरु गरेको छ । पोखराको चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक, पृथ्वी चोक र नयाँबजार क्षेत्रलाई महानगरले केन्द्रमा राखी उक्त स्थानमा पार्किङ निषेध गराउने निर्णय गरेको थियो । सो निर्णयलाई पोखरा उद्योग वाणिज्य सङ्घलगायतका व्यवसायीले विरोध गरेपछि महानगरले पार्किङ व्यवस्थापनमा जोड दिएको छ । तत्काल सडकबाट पार्किङ नहटाए दीर्घकालीन रूपमा हटाउनै पर्ने बाध्यता रहेको महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
संरक्षणको पर्खाइमा घाँसीकुवा
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रमुख प्रेरणास्थल घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले घाँसीकुवामा रहेको कुवा र उद्यान सडक विस्तारसँगै मासिने जोखिम बढेको छ ।
गण्डकी प्रदेशसभाको बैठक बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो ।
नायक शाहलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
चैते धान रोप्न कृषकलाई चटारो
पूर्वी नवलपरासीमा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।
जनताको सेवामा सधैँ समर्पित छु : जुग्जाली
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री कति दिन हुने भन्ने टुङ्गो नभए पनि सांसद भने पाँच वर्षसम्म रहने बताउनुभएको छ । त्यही भएर मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धतासमेत उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुन निर्देशन
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन धौलागिरि अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
पर्यटक तान्न काहुँ महोत्सव
पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ । बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
खान, बस्न र पढ्न सुविधा पाएपछि असहाय बालबालिका खुसी
तनहुँको एक पालिकाले निःशुल्क खाना, बस्न र पढ्न सुविधा प्रदान गरेपछि असहाय बालबालिका खुसी भएका छन् ।
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।
गाउँमा सडक लैजान पिठिउँमा दुधे बच्चा बोकेर श्रमदान
म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी रिता विक १५ महिनै दुधे बच्चा बोकेर गैँचीले सडक खन्दै हुनुहुन्थ्यो । त्यस्तै पुरुषहरुको भीडमा अर्की मनसरा कुमाइले पनि एक वर्षको दुधे बच्चा बोकेर दिनभर नै श्रमदानमा जुट्नुभएको थियो । दुर्गमवस्ती लुलाङमा मोटर पुर्याउन गाउँलेहरु श्रमदानमा जुटेका हुन् ।
भीड तथा दङ्गा नियन्त्रण अभ्यास
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती क्षेत्रमा भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ। विभिन्न आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरमा कार्यरत सुरक्षाकर्मीका लागि नमुना अभ्यास गरिएको हो।