पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै
पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए ।
पोखराको फोहर व्यवस्थापन गर्न सहमति
पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।
दाउरा नदिए आन्दोलन गर्ने चेतावनी
नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठदाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनले असन्तुष्टि जनाएका छन्। सडक विस्तारका क्रममा काटिएका काठदाउरा लामो समयसम्म स्थानीय सामुदायिक वनमा घाटगद्दी गरेर राखिएको थियो। कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पु-याएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो।
प्रसारण लाइनका टावर जडान
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनको ६९ वटा टावरको निर्माण पूरा भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माण अन्तर्गत उक्त सङ्ख्यामा टावर निर्माण पूरा भएको र टावर फाउन्डेसन अन्तिम चरणमा पुगेको बताउनुभयो। प्रसारण लाइन निर्माणका लागि टावर राख्न तनहुँ र चितवनको जग्गाको मुब्जामा निर्धारण भई वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो। दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिने छन्।
प्रदेश सभामा एमालेको सार्वजनिक महत्वको प्रस्ताव
नेकपा (एमाले) ले गण्डकी प्रदेश सभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको २ प्रस्ताव दर्ता गराएको छ । एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको हो ।
पोखराका अस्पतालमा आँखाको निःशुल्क उपचार
पोखरा महानगरका तीन अस्पतालमा आँखा पाक्ने रोगको उपचार सित्तैँमा हुनेभएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा हिमालय आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधि सित्तैँमा हुने प्रबन्ध भएको हो ।
बेनी–जोमसोम सडक खण्ड : बैसरीमा पहिरोको जोखिम
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते हुनुभयो । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो ।
टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि
गोरखा नगरपालिका–७, सतिपीपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो ।
म्याग्दीका छ हजार घरधुरीमा खानेपानीको पहुँच
म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।
आँखा पाक्ने रोग फैलँदा विद्यालय बन्द
पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो।
माथिल्ला सरकारको नजर पर्न सकेको छैन
मनाङको नार्पाभूमि गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र पालिका हो। कोन्जो तेन्जिङ लामा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट नार्पाभूमि गाउँपालिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। गाउँपालिकाको विकास र नागरिकको सेवामा अहोरात्र खट्ने जुझारु युवा नेतृत्वका रूपमा उहाँको पहिचान बनेको छ। उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। नार्पाभूमि
छैन एम्बुलेन्स हेलिकोप्टरकै भर
मनाङको जिल्ला अस्पतालमा अहिलेसम्म एम्बुलेन्स छैन। विपत्का बेला निकै कठिन हुने गरेको छ। यहाँ कोही गम्भीर प्रकृतिको बिरामी प-यो वा कसैलाई तुरुन्तै उद्धार गर्नु प-यो भने महँगो शुल्क तिरेर हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङीको बाध्यता छ। जिल्ला अस्पतालका प्रमुख रहमद अन्सारीले एम्बुलेन्स नभएको स्वीकार गर्नुभयो। अन्सारीले भन्नुभयो, “अस्पतालको एम्बुलेन्स छैन, अस्पतालको एम्बुलेन्स नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामी अन्तिम अवस्थामा पुग्ने हो कि भन्ने त्रास हुन्छ।”
म्याग्दीमा आलु विक्री भएन
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।
आकासियो गोलभेँडाको मूल्य
एक सातादेखि गोलभेँडाको मूल्य आकासिएको छ । व्यवसायीका अनुसार गोलभेँडाको मूल्य अहिलेसम्मकै बढी हो । एक साताअघि गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढेर अहिले ११७ रुपियाँभन्दा माथि उक्लिएको छ । पोखराको सबैभन्दा ठूलो तरकारी बजार कृषि बजार व्यवस्थापन समिति योजना सहायक रूपा दाहालले अरू तरकारीको मूल्य नबढेको अवस्थामा गोलभेँडाको मात्र मूल्य बढेको सुनाउनुभयो । अहिले गोलभेँडाको मूल्य अधिक रहेको उहाँको भनाइ छ । “एक साताअघि ६०/७० रुपियाँ हाराहारीमा प्रतिकिलो गोलभेँडा बिक्री हुन्थ्यो, एक्कासी यसको मूल्य बढेको छ,” उहाँले भन्नुभयो ।
चिया खेती गर्दै विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् ।
छ नाल भरुवा बन्दुक बरामद
बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद सकिएको १० महिनापछि आय–ब्यय सार्वजनिक
नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो ।
पहिरोमा परेर गाडीचालक घाइते
बेनी–जोमसोम सडकखण्डको बैसरीमा सडकमाथिबाट आएको पहिरोमा परेर गाडीचालक घाइते हुनुभएको छ ।
चितुवाले ५२३ पशु चौपाया खायो
स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ ।
वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गरिएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
सामुदायिक वनले मागे बाटो विस्तार गर्दा काटिएका दाउरा
नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।
उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै
यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन् ।
मुस्ताङको राजखोलामा बाढीले सडक अवरुद्ध
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी-जोमसोम सडक खण्डको मुस्ताङ खण्डको माफाको राजखोलामा आएको बाढीले सडक बगाउँदा मंगलबारदेखि सडक अवरुद्ध भएको छ ।