कागती खेतीप्रति कृषकको आकर्षण
पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् ।
गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन
गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिनुभएको हो ।
बाढीले बिजुलीका पोल र खानेपानीका पाइप बगायो
मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आइतबार बेलुका आएको बाढीले २८ वटा बिजुलीको पोल एवं दुई किलोमिटर लामो खानेपानीको पाइपलाइन बगाउँदा कागबेनी क्षेत्र बत्ती र पानीविहीन बनेको छ। कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढाबाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले बगाउँदा अवरुद्ध भएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले चाँडै खानेपानी सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी ल्याएर उपभोग गर्दै आएका छन्।
बजेट माग्न सिंहदरबार जाने
नवलपुरका राजनीतिक दलले जिल्ला सदरमुकाम बनाउने काममा ढिलाइ भएपछि यसका लागि सिंहदरबारसम्म पुग्ने भएका छन्। २०७६ सालमा शिल्यान्यास भएर पनि कामले गति नलिएपछि यहाँका राजनीतिक दलले दबाबमूलक पहल गर्ने भएका हुन्। नमुना सदरमुकाम निर्माणका लागि चाहिने बजेटको आकार बढाउन र निर्माण कार्यलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेका हुन्। जिल्ला समन्वय समिति नवलपुरले राजनीतिक दल र सरोकारवालासँग मङ्गलबार कावासोतीमा गरेको अन्तर्क्रियामा यस्तो निर्णय गरिएको हो।
चाडपर्वको पूर्वसन्ध्यामा बजार अनुगमन
नेपालीको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनीबजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा अन्य कार्यालयका प्रतिनिधिको पनि सहभागिता थियो ।
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा
मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।
घरबास प्रवर्द्धनकोे माध्यम बन्दै ‘रुद्रमान स्मृति उद्यान’
जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो । जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ ।
बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक बाह्रदिनपछि खुल्यो
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ ।
तीन महिनाभित्र डायलायसिस सहजः मन्त्री सिंखडा
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले तीन महिनाभित्रै गण्डकी प्रदेशमा डायलायसिस सेवा सहज हुने बताउनुभएको छ ।
संसदीय समितिको नेतृत्वमा सहमति
गण्डकी प्रदेश सभामा संसदीय समितिको नेतृत्वमा सहमति जुटेको छ। दलहरूबिच नेतृत्वमा सहमति जुटेपछि समितिका सदस्यसमेत प्रदेश सभाबाट अनुमोदन भएका छन्। मङ्गलबार बसेको प्रदेश सभा बैठकले चार समितिका सदस्यको नाम अनुमोदन गरेको हो। गण्डकी प्रदेश सभामा चार समिति हुन्छन्। तीमध्ये नेपाली कांग्रेसलाई दुई, नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक र माओवादीलाई एक समितिको नेतृत्व दिने गरी सहमति जुटेको छ। प्रदेश सभा गठन भएको करिब आठ महिनापछि मिनी संसद्का रूपमा चिनिने समिति गठन भएका हुन्। अर्थ तथा विकास र प्रदेश मामिला समितिको नेतृत्व सत्तारूढ दल नेपाली कांग्रेसले पाउने भएको छ।
बुकीमै गोठालाको उपचार
बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् ।
कटहर बिक्री गर्दै
स्याङ्जाको पुतलीबजार नगरपालिका–११, मायाटारी स्थित सिद्धार्थ राजमार्गको छेउमा ३९ वर्षीय जमुना रुचालले बिक्रीका लागि राखेका रुख कटहर । रुचालले स्थानीय कृषकका घरमा फलेका कटर खरिद गरेर प्रतिकिलो रु ४० मा बिक्री गर्दै आउनुुभएको छ ।
गाउँले मिलेर ६५ घरमा धारा
सरकारले एक घर एक घारा पुर्याउने लक्ष्य लिएर अगाडी बढीरहदाँ भीर कोट नगरपालिका २ केघाका स्थानीयले सरकारलाई चुनौती दिँदै घर घरमा धारा पुर्याएका छन् ।
क्वार्ज क्रिष्टल’ गोरखामै राख्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग
गोरखा नगरपालिकाले प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।
विद्यालय जाँदा ज्यानै जोखिममा
दुई वर्षअघिको बाढी पहिरोपश्चात् मनाङका अधिकांश स्थानमा भत्किएका संरचना निर्माण नहुँदा एक ठाउँबाट अर्को ठाउँ पुग्नै सकस भएको छ।
पोखरा महानगरले खटाएको ठाउँमा गएनन् स्वास्थ्यका कर्मचारी
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत विभिन्न पदका स्वास्थ्य प्राविधिकमध्ये बाहिर जिल्ला र पालिकामा दरबन्दी रही कामकाजमा आएका ४४ जना कर्मचारीको काज फिर्ता भएको छ।
राजस्व छुट दिँदा सम्पत्तिमा महिलाको स्वामित्व बढ्यो
तनहुँको व्यास नगरपालिकाले महिलाको स्वामित्वको नाममा जग्गामा घरनक्सा पास गर्दा राजस्व छुट दिने व्यवस्था गर्दा सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।
पोखरामा मनाइयो ट्होंटे पर्व (फोटो फिचर)
तमु समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ट्होंटे पर्व पोखरामा आज भव्यताका साथ मनाइएको छ ।
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती
मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ ।
पोखरामा भदौ १ गतेदेखि ट्याक्सीमा मिटर अनिवार्य
पोखरा उपत्यकाभित्र सञ्चालन हुने सबै ट्याक्सीहरू मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरू भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
मौसम सुधारसँगै मनाङको यातायात सञ्चालन
हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो ।
बाढीबाट विस्थापितलाई तत्काल सहयोग पठाइने
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक राखी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित र प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गर्नुभएको छ। आइतबार रातिको बाढीले कागबेनी क्षेत्रका घर बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् भने उनीहरूको दैनिकी पनि असहज बनेको छ।
गण्डकी प्रदेश सभा बैठक बस्दै
गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
‘क्वार्ज क्रिस्टल’ दरबारमा राखिने
गत असार १४ गते गोरखा नगरपालिका–७, सतीपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बरामद गरिएको घरका परिवारले उक्त ढुङ्गालाई कुल देवताको मानेर पूजा गर्दै आएको र यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको जानकारी दिनुभयो।