चरन क्षेत्रमा भेडाको बथान
म्याग्दीको धवलागिरि गाउँपालिका –५ मल्कबाङको चरन क्षेत्रमा भेंडाको बथान । गर्मीयाम सुरु भएसँगै बेंसीका भेंडीगोठ पहाडतर्फ लैजाने तयारी गरिँदै छ । तस्बिरः कमल खत्री/रासस
चैते धानखेती घट्दै
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।
नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।
पाँच वर्षमा मनाइने कन्तरी पूजा
नवलपुर र चितवनका थारू समुदायले धुमधामका साथ मनाउने संसारी (कन्तरी) पूजा यस वर्ष सुरु भएको छ। थारू समुदायमा विशेष महìवका साथ पर्वकै रूपमा (कन्तरी) पूजा मनाउने गरिन्छ। रोगब्याधी अन्त्यका लागि थारू समुदायले कन्तरी माई र संसारी माईको पूजा गर्ने गर्छन्। यी सबै थारू समुदायका फरक–फरक कुलघरानाले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन्। मध्यबिन्दु नगरपालिका–१ का पुजारी गुनकुमार गुरौल फरक कुलका
विपन्न परिवारलाई निःशुल्क धारा वितरण
पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विपन्न २० घर परिवारलाई निःशुल्क धारा वितरण गरेको छ ।
बाँझो जमिनमा व्यावसायिक ओखर खेती
बागलुङको जैमिनी नगरपालिका–३ दमेक नौलागाजा दहको सुख्खा र उजाड जमिन अहिले हरियाली भएको छ ।
व्यवस्थित पार्किङको माग
पोखराका उद्योगी/व्यवसायीले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घले पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा यस्तो माग गरिएको हो। ट्राफिक प्रहरीको व्यवहार, सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न विषयमा छलफल गरिएको थियो। व्यापार हुने स्थानमा व्यवस्थित पार्किङ नहुँदा व्यवसाय नै ठप्प हुने अवस्था आएको बताएका छन्। उनीहरूले व्यापार/व्यवसाय नै ठप्न हुने गरी न्युरोडलगायतका क्षेत्रको सडक खाली गराउन आग्रह गरेका छन्। पोखरा महानगरपालिकाले न्युरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरूको यो भनाइ बाहिर आएको हो। उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा जोड दिनुभयो। उहाँले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यावहारिक निर्णय गर्नुपर्ने बताउनुभयो।
फुतफुते झरना पर्यटक आकर्षणको केन्द्र
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ ।
बिक्न छाडे काम्लो, बख्खु र घुम
बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरूले भेडाबाख्रा पाल्दै आएका छन् ।
कांग्रेसलाई परिवर्तन गरी देश विकास गर्छौँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान् व्यक्तिहरूले कांग्रेसलाई परिवर्तन गरी देशको विकास गर्ने बताउनुभएको छ ।
तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराउनुभएको हो ।
गण्डकीमा एक हजार चार सय बढी क्षयरोगी
औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ ।
भीरकोटमा बन्यो नमुना पार्क
भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।
जङ्गल सफारीबाट पर्यटक आकर्षित
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जिप सफारी सेवाको सुरुवात गरिएको छ। पर्यटनको प्रचुर सम्भावना रहेको देवचुली पिप्रहरबाट पहिलो पटक निकुञ्जमा जङ्गल सफारी गरिएको हो। पछिल्लो समय जङ्गल सफारीप्रति पर्यटकको मोह बढ्दै गएकोले होटल, होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरअन्तर्गत गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्मको नयाँ मार्गमा जिप सफारी सुरु गरिएको हो।
कर्मले बदलिएको नाम ‘तरकारी काका’
घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ ।
पोखरामा नगरबसको आतङ्क
पोखराको न्युरोडमा मिनी माइक्रोले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको थियो। चिप्लेढुङ्गाबाट आउँदै गरेको माइक्रोले सोही दिशाबाट आइरहेको उक्त स्कुटरलाई ठक्कर दिएको थियो। ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ठक्कर दिँदा गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु-याएको हो।
पर्यटन प्रवर्द्धन र अर्थतन्त्रको सबलीकरण गर्न पहल
पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रको सबलीकरण गर्नका लागि ‘अन्नपूर्ण म्याराथन’ आयोजना हुने भएको छ । सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो । समितिका अध्यक्ष ललित गुरुङले म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिएको बताउनुभयो । समितिका अनुसार आगामी वर्ष जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको आयोजना हुन लागेको हो ।
तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता
कुनै समय शिरफुले भाकाले गाउँघर गुञ्जयमान हुन्थे । मेलापात, गोठ, ओडार र चौतारीमा भेला भएर शिरफुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो तर आजकल नयाँ संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीत लोप हुँदै जान थालेका छन् ।
झोरा नृत्य प्रस्तुत गर्ने तयारीमा कलाकारहरु
झोरा नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा कलाकारहरु
ट्याक्टर दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ । डुम्रे–वेशीसहर सडक खण्डमा पर्ने तनहुँको भानु नगरपालिका –२ भकुन्थोकबाट मल बोकेर वेशीसहर जाँदैगरेको बा ३००१ त २२६ नम्बरको ट्याक्टरको इन्जिन र ट्रली जोड्ने भाग भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तनहुँमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
धौलागिरि बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व
धौलागिरि बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार बिहान बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबैको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।