धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।
आत्मनिर्भर बन्ने प्रयासमा चामे गाउँपालिका
मनाङको मुख्य केन्द्रका रुपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा
राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
सामुदायिक विद्यालयको छवि सुध्रिँदै, भर्नाको चाप बढेपछि प्रवेश परीक्षा
सामुदायिक विद्यालयमा भर्ना हुन चाहनेहरूको चाप बढेपछि त्यस्ता विद्यालयले प्रवेश परीक्षा लिएर मात्र विद्यालय भर्ना गर्न थालेका छन् । कतिपय विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि प्रवेश परीक्षा लिनु परेको छ । केही वर्षअघिसम्म सामुदायिक विद्यालयको छवि समाजमा खासै राम्रो थिएन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदैन भन्दै अभिभावकले आफ्ना सन्तानलाई सकी नसकी महँगो शुल्क तिर्दै निजी विद्यालयमा भर्ना गरेर पढाउँदै आएका थिए । सामुदायिक विद्यालयमा आफ्ना सन्तानलाई भर्ना गर्नुपर्दा हिनताबोध गर्थे तर पछिल्ला केही वर्षदेखि भने जिल्लाका कतिपय सामुदायिक विद्यालयको छवि निकै सुधारिँदै गएको छ ।
मङ्गलाघाट बजार संरक्षण गर्न तटबन्ध
म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–८ को मङ्गलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्षदेखि थालिएको तटबन्ध निर्माण योजनाको काम अन्तिम चरणमा पुगेको छ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपा ताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मङ्गलाघाटको बस्ती र जिल्लाका सरकारी कार्यालयहरूको संरक्षण गर्न करिब १० करोड रुपियाँभन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो । म्याग्दी नदीको कटानबाट मङ्गलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरू जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र डिभिजन वन कार्यालयदेखि माथि मङ्गलाघाट बजारसम्म २६२ मिटर दुरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।
बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको बार पाक सुलीकोट गाउँपालिकाले जनाएको छ ।
विद्यार्थीलाई कृषितर्फ आकर्षित गर्न व्यावहारिक ज्ञान
पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कृषि खेतीतर्फ आकर्षित गराउन व्यावहारिक ज्ञान दिन थालेको छ । बौदीकाली गाउँपालिकाको डेढगाउँ माध्यमिक विद्यालयका कक्षा ६ देखिमाथि अध्ययन गर्ने विद्यार्थीलाई गत वर्षदेखि कृषि विषयमा अध्यापन गराउने र खेर गइरहेको जग्गामा कृषिसम्बन्धी व्यावहारिक ज्ञान दिन थालेको प्रधानाध्यापक गङ्गा विश्वकर्माले बताउनुभयो ।
म्याग्दीमा डढेलोले सात सय हेक्टर वन सखाप
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
पोखरालाई पर्यटन राजधानी घोषणा गर्न हतार गरियो : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणा गर्न हतार गरिएको बताउनुभएको छ। पोखरा लेकसाइडमा सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको मंगलबार उद्घाटन गर्दै उहाँले सो भनाइ राख्नुभएको हो।
दराजबाट करिब छ लाख चोरी आरोपमा तीन पक्राउ
पोखरा नयाँ बजारमा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट नगद, मोबाइल र झोला चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो ।
मनाङमा विदेशी पर्यटक बढे
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसरह नगरपालिका–७ मनाङे चौताराबाट सुरु हुने मनाङ यात्रामा वर्ष २०८० मा २१ हजार ४ सय ९५ पर्यटक मनाङ भित्रिएका छन् । कोभिडपछि मनाङमा पर्यटकको आगमन बढ्दै गएको छ ।
व्यक्तिगत लगानीमा कोतघर पुनः निर्माण
पुतलीबजार नगरपालिका-९ कोल्मामा रहेको कोल्मा कोतघरको पुनः निर्माण गरिएको छ । कोतघरको तनहुँ शुक्लागण्डकी ११ निवासी देव बहादुर गुरुङ र बबिता गुरुङले ३१ लाख ६५ हजार रुपियाँमा पुनर्निर्माण गर्नुभएको हो ।
बेनीका सरकारी कार्यालय र मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध
म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका-७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ ।
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।
सङ्घ र प्रदेशले देखेन नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा रहेको नार्पाभूमि पुग्न दुई दिन पैदल यात्रा गर्नु पर्छ । सङ्घीयतापूर्व नार्पाभूमिको विकासमा राज्यको नजर पर्न सकेको थिएन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको दृष्टि पर्न नसकेको सोही गाउँपालिकाका अध्यक्ष तेन्जिङ कोन्जो लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “नार्पाभूमि विकट भएर पनि हुन सक्छ सङ्घ तथा प्रदेश सरकारको दृष्टि अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनताकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रप्रति सरकारले चासो दिएको छैन ।”
गुर्जा पनि जोडिने भयो सडकले
म्याग्दीको दुर्गम बस्ती गुर्जालाई जोड्ने सडक सञ्जाल निर्माण सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–१ को गुर्जा अहिलेसम्म सडकसँग जोडिएको छैन । सडक निर्माण योजना सुरु भएसँगै गुर्जावासी उत्साही भएका छन् । जिल्लामा रहेका ४५ वडामध्ये गुर्जाबाहेक अन्य वडा सडक सञ्जालसँग जोडिएका छन् । भौगोलिक विकटता, भिरपहरा, घना जङ्गल, लामो दुरी र सडक योजनाका लागि बजेटको अभावलगायतका कारणले गुर्जा गाउँमा सडक विस्तार गर्न नसकिएको हो ।
पाँच विदेशी पर्यटकको उद्धार
मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उहाँहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासोँ गाउँपालिका –७ भीमथाङबाट उहाँहरूको उद्धार गरिएको हो ।
लोप हुँदै बाँसबाट बनेका सामग्री
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।
सुनौलो हजार दिनका आमालाई पोषण झोला
अर्जुन चौपारी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गरेको छ । पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको हो ।
मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासो गाउँपालिका-७ भिमताङबाट उनीहरूको उद्धार गरिएको हो ।
चितुवा र बाँदर आतङ्कले बढायो वनमा डढेलो
तनहुँमा नरभक्षी चितुवा र बाँदर आतङ्कले वन डढेलो बढेको छ ।
तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।