ढोरवाराहीको आम्दानी बढ्दै
शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल ढोरवाराही मन्दिरमा तीर्थालुले चढाएको भेटी तथा दान रकमलाई व्यवस्थित गरिएको छ । नगरपालिकाले मन्दिर व्यवस्थापन समितिमार्फत उक्त रकम व्यवस्थित गरेको हो । भक्तजनले चढाएको भेटी तथा दान सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठेपछि मन्दिर व्यवस्थापन समितिमार्फत भेटी तथा दान सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।
लेनदेनमा विवाद : चालकले गरे सहचालकको हत्या
दाङको राप्ती गाउँपालिका–३ घर भई वालिङ नगरपालिका–१३ मा बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरले सहचालक २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित
बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
विवादले सडकमै पर्खाल
सामुदायिक वन हुँदै सडक विस्तार गर्न नपाएको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका –१ कुहुँको अँधेरी खोलामा रूख ढालेर तथा पर्खाल लगाएर स्थानीयले शनिबारदेखि अवरोध गरेका छन् ।
लोपोन्मुख अवस्थामा मौलिक सीप
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन ।
सेती नदी कटानले चिन्तित छन् स्थानीय
“नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भन्नुभयो, “यस्तो सुनेको कैयौँ वर्ष भयो, आश्वासन कहिल्यै पूरा भएनन् ।”
देवघाटमा दुई वडाका नयाँ भवन निर्माण
तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।
पोखरामा बस दुर्घटना, १९ जना घाइते
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना आवश्यक छ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई संघीय ऐनमानै जन्मकैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
अटो दुर्घटना हुँदा दुई गम्भीर
पुतलिबजार नगरपालिका–४ फूलबारीको भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
मिर्गौला पीडितलाई प्रवासीद्वारा १४ लाख सहयोग
म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ ।
जलजलाका २५ विद्यालयको तह समायोजन
म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताउनुभएको छ ।
नवलपुरमा पानीको माग गर्दै संसारीमाईको पूजा
लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् । जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रूपमा संसारीमाईको पूजा गरिएको हो ।
कालिगण्डकी कोरिडोरका होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम
कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको छ ।
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका नौ जना युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावकलगायतका परिवार चिन्तामा परेका हुन् ।
कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।
बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।
नब्बे काटेका पनि परिचयपत्रका लागि धाउँदै
“उमेरले ९० काटेँ, घर मेरो पोखरा–२२, पुम्दीभुम्दी हो । पुरानो नागरिकता च्यातिएर अर्को नागरिकता बनाउन पर्छ भन्छन् । नागरिकता हैन अझै अर्को कार्ड के हो कुन्नि त्यो थाहा छैन । वडा कार्यालयले यहाँ जानु भनेर आएको हुँ । अस्ति के मिलेन थाहा भएन आज फेरि आएको छु ।” हातमा लौरो टेकेर अड्डा आउनुभएका पिउरे घर्तीले भन्नुभयो, “भत्ता बुझ्न पनि त्यही कागज चाहिन्छ रे, त्यो भएन भने पाइन्न भन्छन्, त्यही भएर म बुढो मान्छे एक्लै अड्डा धाएको छु ।”
चीनको ‘प्रिकाष्ट प्रविधि’ बाट पृथ्वीराजर्मामा पुल निर्माण (फोटो फिचर)
चीनको कम्पनीले पृथ्वीराज मार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ पुल निर्माण भइरहेको छ ।
पुर्ख्यौली नाचमा रमाउँदै मगर समुदाय
मगर जातिको कला संस्कृति संरक्षणको उद्देश्यसहित पुर्ख्यौली नाचका रूपमा रहेको मारुनी प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाद्वारा बिहीबारदेखि आयोजित सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १२ समूहले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ६० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनोट, पोसाक, अनुशासन जस्ता विधामा पुरस्कृत गरिने छ ।
सेतीको खोच सधैँ खतरा
पोखरा उपत्यकालाई मध्य भागबाट चिरेर बग्ने सेती नदीले पोखरावासीलाई बारम्बार स्तब्ध बनाइरहन्छ । कतै देखिएर र कतै लुकेर बग्ने सेतीको खोच पोखरेलीलाई सम्पदा कम र खतरा बढी साबित भएको छ । अघिल्लो वर्ष यो खोचमा आठ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको हालसम्ममा १० जनाको जीवन खोचमै समाप्त भएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
गोरखामा मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
म्याग्दीका बालबालिकालाई पूर्ण खोप
हिमाली जिल्ला म्याग्दीका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।