• २१ वैशाख २०८१, शुक्रबार

पाँच विदेशी पर्यटकको उद्धार

blog

यदुप्रसाद भट्ट

मनाङ, वैशाख १० गते । मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उहाँहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासोँ गाउँपालिका –७ भीमथाङबाट उहाँहरूको उद्धार गरिएको हो ।

लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँले भीमथाङबाट हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरी चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौं पठाइएको जानकारी दिनुभयो ।

साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एक पथप्रदर्शकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । तापक्रम नमिल्दा बिरामी पर्न सक्ने भएकाले पर्यटक सचेत भएर आउन आग्रह गरेको तथा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।