राज्यविहीनकै अवस्थामा नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका ।
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।
जोखिममा हिमताल, सावधानीको खाँचो
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने ।
किशोरीलाई आत्मरक्षा तालिम
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको छ ।
सामुदायिक विद्यालयमा शुल्क उठाउन बन्द
तनहुँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनै पनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनुपरेको छैन । शुक्लागण्डकी नगरपालिका ३ कवासेस्थित शहिद कृष्ण माध्यामिक विद्यालयलका विद्यार्थीले शुल्क तिर्न नपरेको हो ।
पर्यटकका लागि कृत्रिम ताल बनाउँदै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वडा नम्बर १० को दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरिरहेको छ । व्यास नगरपालिकालाई पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउन कृत्रिम ताल बनाउने कार्य अघि बढाइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
रुसी सेनामा गएका नौ युवा सम्पर्कविहीन
मनग्गे धन कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकी रुसी सेनामा भर्ती भएका युवा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेका छन् । छोरो सम्पर्कमा नआएको चार महिना भएकाले चिन्तामा परेको नाम बताउन नचाहने एक महिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म सम्पर्क नहुँदा छोराको याद आएर खाना पनि रुचेको छैन, रातभरि निद्रा लाग्दैन ।” उहाँको जस्तै तनहुँमा सम्पर्कविहीन भएका नौ युवाका परिवारको आँखा ओभाएका छैनन् । छोराहरू सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका छन् ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविर
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गर्नुभएको प्रमुख श्रेष्ठले बताउनुभयो । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ ।
पर्यटकको रोजाइमा ताचै
वसन्त ऋतुमा मनाङ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुन्छ । वसन्तको हरियालीसँगै ढकमक्क फुलेका लालीगुराँस, सेता हिमाल र सफा मौसम पर्यटकका लागि पहिलो रोजाइमा पर्ने गर्दछ । यतिबेला प्रायः होटल पर्यटकले भरिभराउ नै हुने गरेका छन् । बेसिजनमा भने सबै होटल प्रायः बन्द नै हुन्छन् । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेको छ ।
विद्यार्थी थेग्न नसकेपछि प्रवेश परीक्षा लिँदै बेनी सामुदायिक
म्याग्दीको बेनी सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा पास गर्नुपर्दछ । विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना हुन आवेदन दिएपछि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्न लागिएको हो ।
‘ट्याक्सीले मिटर चलाएन, १०३ मा फोन गर्नुस्’
गण्डकी प्रदेशको राजधानी पोखरामा मिटरमा नचल्ने ट्याक्सीमाथि निगरानी बढाइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिरहेको छ ।
गण्डकी प्रदेशमा खाद्यान्नको न्यूनतम समर्थन मूल्य बढी
नेपालमा मुख्य बाली बर्खे धान, गहुँ, मकै र कोदाको मूल्य प्रदेश अनुसार फरक फरक देखिएको छ । सरकारले विभिन्न बालीको देशभरका लागि न्यूनतम समर्थन मूल्य तोके पनि प्रदेश अनुसार किसानले फरक फरक मूल्य प्राप्त गरेको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पालिकाको वडा तहसम्म गरेको तथ्याङ्क सङ्कलन अनुसार गण्डकी प्रदेशका किसानले सबैभन्दा बढी मूल्य पाएका छन् । धान, गहुँ, मकै, कोदोको मूल्यमा सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको तथ्याङ्कले देखाएको छ ।
गण्डकी प्रदेशमा आगामी वर्ष लगानी सम्मेलन हुने
गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले आइतबार कार्यभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले शनिबार अर्थ मन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री चुमानले आइतबारबाट जिम्मेवारी सम्हाल्नुभएको हो ।
स्याङ्जालाई गल्याङ कप भलिबल उपाधि
प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा भलिबल सङ्घले जितेको छ ।
वीरेन्द्र ताल हिमपहिरो खस्दा गण्डकी नदीमा पानीको बहाव तीव्र
मनास्लु हिमालबाट खसेको ठूलो हिम पहिरो यही तालमा खस्दा ताल भरिएर बुढीगण्डकी नदीमा पानीको वहाब तीव्र बनेको हो ।
घाटुनाच संरक्षणमा गुरुङ समुदाय
नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो ।
पर्यटकको रोजाइमा ताचै घरबास
वसन्त ऋतुमा अन्य समयभन्दा धेरै पर्यटक मनाङ घुम्न जान्छन् ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ ।
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै
म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
नवलपुरको बौदीकाली गाउँपालिका–१, डेढगाउँ यो क्षेत्रका लागि सहर हो । राष्ट्रिय प्रसारणको लाइन नपुगे पनि वैकल्पिक ऊर्जाले गाउँ झिलिमिली छ । गाउँमै सरकारी र बोर्डिङ स्कुल सञ्चालित छन् । सञ्चार सुविधाको कमी छैन । स्वास्थ्य चौकी नजिकै छ । बौदीखोलाबाट ल्याइएको पानीको नहरले जहाँतहीँ सिँचाइ हुन्छ । पिउने पानी छ्यालब्याल छ । अझ अजङ पहरा छिचोल्दै गाउँमै पुगेको कालीगण्डकी कोरिडोरले सजिलैसँग गाउँ र सहरलाई जोडेपछि यहाँका बासिन्दाको जीवनशैली नै परिवर्तन गराएको छ । सबैभन्दा राम्रो त गाउँको हावापानी छ अनि विषादीमुक्त फलफूल र तरकारी ।
अब्बल सामुदायिक विद्यालय : चाप थेग्न प्रवेश परीक्षा
सामुदायिकको तुलनामा निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन्। तर, तनहुँको सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा अवस्था ठिक उल्टो छ।