• २३ वैशाख २०८१, आइतबार

वीरेन्द्र ताल हिमपहिरो खस्दा गण्डकी नदीमा पानीको बहाव तीव्र

blog

मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र तालमा खसेको हिमपहिरो । तस्बिर : दीपक श्रेष्ठ/रासस

गोरखा, वैशाख ९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ पर्ने मनास्लु हिमालमा ठूलो हिमपहिरो खसेको छ । आइतबार बिहान मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको हो ।

मनास्लु हिमालबाट खसेको ठूलो हिम पहिरो यहीँ तालमा खस्दा ताल भरिएर बुढीगण्डकी नदीमा पानीको बहाव तीव्र बनेको हो ।