डढेलो लगाएको आरोपमा पक्राउ
कास्की प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
मारुनी नाच्दै, शिक्षक पाल्दै
धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर संस्कृति मात्र जोगाएका छैनन् सामुदायिक विद्यालयका शिक्षकको तलबसमेत जुटाइरहेका छन् । गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको छ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गर्नुभयो ।
पोखराको हर्पन खोलामा डुबेर किशोरको मृत्यु
पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा डुबेर किशोरको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका १४ वर्षका किशोर सोनम सुवेदीको बेपत्ता भएकोमा दिउँसो २ः३० बजेतिर शव फेला परेको हो ।
गाउँमै उपचार पाएपछि स्थानीय खुसी
गाउँमा नै दाँत उपचार गर्न पाएपछि पुतलीबजार नगरपालिका–१३ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ५३ जनाको दाँतको उपचार गरेको हो ।
तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)
मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।
गोर्खा स्मारक निर्माणमा चासो
निर्माण थालेको १० वर्षसम्म सुस्त गतिमा रहेको फेदिखोला गाउँपालिका १ साल्मेडाडाँ रामकोटको गोर्खा स्मारक निर्माणमा सबैको चासो गएको छ।
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।
गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ ।
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर
शिरमा ढाका टोपी, शरीरमा पसिनाले निथ्रुक्क भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उहाँमा ।
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’
गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।
गस्तीमा रहेका असई कुट्ने दुई युवा पक्राउ
स्याङ्जाको वालिङमा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका–१३ मा रहेको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज असई मोहन सिंह डिउटीमा हुँदा राती १० बजे कुटपिट भएको प्रहरीले जनाएको छ ।
खस्रेभिरमा मह सिकार
गोरखाको अजिरकोट–२, ओलाङगाउँस्थित करिब आठ सय मिटर उचाइमा रहेको डरलाग्दो खसे्रभिरमा डोरीको सहायताले भिरमौरीको मह सिकार ‘हनी हन्टिङ’ गरिएको छ । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बिहीबार ओलाङवासीमध्ये भिरमा डोरीको सहायताबाट मह झिक्न सक्ने ११ जना दक्ष अनुभवी व्यक्तिको सहायताले मह सिकार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भिरमौरीको मह उत्पादन गर्ने सही समय भएकाले झन्डै छ पाथीभन्दा बढी मह सङ्कलन गरिएको छ । जटिल भिरमा जाँदा पनि जम्मा पाँच वटा गोलाको मात्र मह सङ्कलन भएको छ । अझै केही गोलाको महको सिकार नगरिएको उहाँले बताउनुभयो ।
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
दमौली अस्पतालमा शल्यक्रिया सुरु
दमौली अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पु¥याउन बाध्यता थियो । जनशक्ति अभावले बन्द गरेको शल्यक्रिया सेवा २० महिना पछि सुचारु गरिएको अस्पतालले जनाएको छ ।
फुतफुते झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुुते झरनामा पर्यटकको चहलपहल । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरनामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ ।
अझै खण्डहर छ खारापानी
चर्चित उखानलाई विश्वास मान्ने हो भने १२वर्षमा खोलो फर्किन्छ तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को खारापानीका लागि यो उखान अपवाद हो । २०६९ वैशाख २३ गते बिहान आएको सेती नदीको बाढीले खारापानी बजारलाई बगर बनाउनुका साथै ६५ जनाको ज्यान लिएको थियो । सो घटनापछि बजार पुनर्निर्माण भएको छैन । खारापानी अझै खण्डहर छ ।
पोखरामा रवीन्द्र अधिकारीको सम्झना
कास्कीका नेता एवम् पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको शनिबार पोखरामा सम्झना गरिएको छ। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको वि.सं. २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ ।
बिचौलियाको मारमा किसान र उपभोक्ता : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताहरू बिचौलियाको मारमा परेको बताउनुभएको छ ।
खानेपानीका मुहान सुकेपछि जिल्लाभर पानीको हाहाकार
पर्वतको अधिकांश स्थानीय पालिकामा रहेका पानीको मुहान सुकेपछि गाउँघरमा पिउनेपानीको हाहाकार हुन थालेको छ ।
गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण
क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लीयपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो ।