• ५ जेठ २०८१, शनिबार

गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई

blog

अग्नी प्रभावितलाई नगद सहयोग गर्नुहुँदै नेता धनराज गुरुङ ।

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख २३ गते । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ । 

स्याङ्जाको चापाकोट नगरपालिका–१ को मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारलाई आफ्नो तलबबाट आर्थिक सहयोग गर्नुभएको हो । उपसभापति गुरुङले प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो । 

आगलागीका कारण घरबारविहीन भएका नागरिकको घरमा पुग्नु भएका सङ्घीय सांसद गुरुङले तत्कालका लागि भन्दै नगद प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अग्नि प्रभावितका लागि पहिलो चरणमा आफूले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको हुँ ।” 

अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँचघर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेको उपसभापति गुरुङको भनाइ छ ।