• ५ जेठ २०८१, शनिबार

गस्तीमा रहेका असई कुट्ने दुई युवा पक्राउ

blog

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख २३ गते । स्याङ्जाको वालिङमा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका–१३ मा रहेको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज असई मोहन सिंह डिउटीमा हुँदा राती १० बजे कुटपिट भएको प्रहरीले जनाएको छ । 

प्रहरी शनिवार राती साढे १० बजे तिर गस्तीमा रहेको बेला युवाहरूको समूहले प्रहरी माथि  आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घाइते सिंहको टाउकोमा चोट लागेको छ । उहाँको पोखरा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको रानाले बताउनुभयो । 

प्रहरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा वालिङ नगरपालिका–१२ का काजी गुरुङ र सुदीप गुरुङलाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

घटनामा संलग्न रहेका भनिएका अर्का युवा रविन गुरुङ घाइते भएको र पोखरामा नै उपचार भइरहेको प्रहरीको भनाइ छ ।