कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।
बन्दीपुर भ्रमण वर्षको प्रचार गर्न गोरु जुधाई प्रतियोगिता
बन्दीपुर भ्रमण वर्ष–२०२५ को प्रचार/प्रसार गर्न गोरु जुझाई प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा प्रतियोगिता गरिएको हो ।
गाउँ भित्रिनेभन्दा बाहिरिने बढी
हिमाली जिल्ला म्याग्दीका स्थानीय तहमा करिब चार सय व्यक्ति जिल्ला भित्रिँदा एक हजार तीन सयभन्दा बढी व्यक्ति जिल्लाबाट बाहिरिएका छन् ।
छ महिनामा छ वटा मुद्दा
मनाङ जिल्ला अदालतमा वर्षभरिमा छ थान मुद्दा परेको छ । गण्डकी प्रदेशका अन्य जिल्ला अदालतको तुलनामा सबैभन्दा कम मुद्दा पर्नेमा जिल्ला अदालत मनाङ पर्दछ ।
पाताले छाँगोमा ताला, पर्यटक निराश
पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फलको गेट अहिले बन्द छ । छाँगोको सञ्चालनबारे विवाद भएपछि पोखरा महानगरपालिकाले मङ्गलबार यसलाई शिलबन्दी गरेको हो ।
तराईमा बिहान सवारी चलाउन असहज (फोटो फिचर)
घाम माथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । हुस्सु यति बाक्लो लागेको छ कि १० मिटर अगाडिको बस्तु देख्न पनि हम्मेहम्मे पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारी साधन चलाउनेहरुलाई परेको छ ।
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् ।
लमजुङमा बढ्यो धान उत्पादन
लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।
सामाजिक सञ्जालको सदुपयोग गर्दा...
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।
रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ ।
देवघाटधाममा महोत्सव
नवलपुरको सङ्गमस्थल देवघाटधाममा एकमहिने महोत्सव सुरु भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सुरु भएको हो ।
दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
'सुन सरी सुन्तला...'
कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् ।
किसानको आकर्षण कुरिलो खेती
नवलपुरका किसान व्यावसायिक रूपमा कुरिलो खेतीतर्फ आर्कषित हुन थालेका छन् ।
ढुम्बा ताल र नागथान
मुस्ताङ, माघ १ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको नागथानु । नागथानलाई स्थानीय भाषामा लुु भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ । तस्बिरः रासस
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र
निर्माण कम्पनीको लापरबाहीले गर्दा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बन्दै गरेकाे नमुना पशुपंक्षी अस्पतालको भवन अलपत्र परेको छ ।
सुत्केरीलाई ६ महिनासम्म मासिक चार हजार
गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ ।
म्याग्दी महोत्सवको आकर्षण स्थानीय उत्पादन
धवलागिरी गाउँपालिका ७ ताकमका अनिल भण्डारीले स्थानीय उत्पादन लिएर म्याग्दी महोत्सवमा आउनुभएको छ । उहाँले धवलागिरी गाउँपालिका भित्र उत्पादन हुने कोदोको पिठो, कोदोको बिस्कुट, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागोलगायत स्थानीय उत्पादनलाई स्टलमा राख्नुभएको छ ।
मनाङमा यसवर्षकाे पहिलो हिमपात
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
देवघाटमा महाउत्सव हुने
तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ ।
सिक्लेसमा ठेलो हान्ने मेला
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।
मुस्ताङबाट देखिएको आकाश
मुस्ताङ, पुस २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस