ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
अझै स्तरोन्नति भएन सहीद मार्ग
सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
‘सङ्गीत, संस्कृति र प्रकृति’ ले परिचित बेनी बजार
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
हिउँ पर्न थालेपछि खुसी हुन्छन् मनाङी कृषक
ढुम्म बादलको घेरा अनिचारैतिर अँध्यारो । अँध्यारोसँगै चिसो मौसम, यसैबिच माथिल्लो मनाङमा हिउँ पर्न सुरु भएको छ । विगतका वर्षहरुमा मंसिरदेखि हिउँ पर्न सुरु हुने भए पनि यसपाली पुसको अन्तिममा हिउँ परेको हो । यो यस सिजनको पहिलो हिउँ हो ।
बाँकेमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु
बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शाश्वतधाममा भक्तजनकाे भिड
नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
पूर्व प्रधानमन्त्री देउवाद्वारा म्याग्दी महोत्सव उद्घाटन
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गर्नुभएको हो।
गोरखा-गोरखापुर ‘खिचडी यात्रा’ सुरु
गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।
छानामा दाउरा राख्ने चलन
हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पुर्खाले परम्परादेखि नै ल्याएको चलन हो ।
कांग्रेस सभापति देउवाद्वारा गलेश्वर मन्दिरको दर्शन
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दीस्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ ।
चेम्बर अफ कमर्स वालिङ अध्यक्षमा न्यौपाने
चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको चौथो साधारणसभा तथा दास्रो अधिवेशनबाट न्यौपाने दोस्रो पटक अध्यक्षमा सर्वसहमतीले चयन हुनु भएको हो ।
आठौँ म्याग्दी महोत्सव सुरु
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा महोत्सव सुरु भएको हो ।
उखुमा आत्मनिर्भर बन्दै किसान
उखु खेती गर्न दुःख हुँदा चाहेर पनि धेरै उत्पादन गर्न नसकिएको उहाँले सुनाउनुभयो । "उखु लायो, खुदो बनाउनै दुःख छ । खुदो पकाउन रातभरि बस्नुपर्दा निकै गाह्रो हुने गरेको छ," अधिकारीले भन्नुभयो।
हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरि –७ हाडेभिर र मालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
ठेकेदार र हाकिमको मिलेमतोले १० वर्षसम्म पुल नबनेपछि स्थानीय आन्दोलित
लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।
आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो ।
कपडा बैङ्कले गरिब तथा विपन्नलाई सहज
बेनी नगरपालिका–६ को कार्यालयले कपडा बैङ्क सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ ।
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो ।
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ । जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
माछा पोखरीमा डुबेर गौचनको मृत्यु
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
फल्नुअघि नै आलु बिक्री
फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री भएको छ ।
दानाखोलामा जलविद्युत आयोजना निर्माण हुने
मनाङको नासोँ गाउँपालिकामा अवस्थित दानाखोलामा लालुपाते हाइड्रोपावर कम्पनीले ४९ दशमलव ९५ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।