• २८ पुस २०८१, आइतबार

चेम्बर अफ कमर्स वालिङ अध्यक्षमा न्यौपाने

blog

चेम्बर अफ कमर्स वालिङको नयाँ कार्यसमिति । तस्विरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, पुस २८ गते । चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको चौथो साधारणसभा तथा दास्रो अधिवेशनबाट न्यौपाने दोस्रो पटक अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ र पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जङ्गबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चयन हुनुभएको छ । १७ सदस्यीय समितिको महासचिव गणेश राउत रहनुभएको छ ।  

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले व्यवसाय उपभोक्तामैत्री हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसाय नाफामुखी मात्र होइन, उपभोक्तामैत्री पनि हुनुपर्छ ।” व्यवसायीले मूल्यसूची राख्ने, म्याद गुज्रिएका सामग्री नराख्ने र उपभोक्ताको स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्नेमा उहाँको जोड छ । 

सो अवसरमा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याललगायतले धारणा राख्नुभएको थियो ।