क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा सरेको छ । बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्तरुपमा सो भवन उद्घाटन गर्नुभएको हो ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह (तस्बिरहरु)
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरू भएकाे छ ।
धारिलो हतियार प्रहारबाट वृद्धको मृत्यु
धारिलो हतियार प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार गोरखा नगरपालिका – ६ काँडेझयाङस्थित बारीमा ८५ वर्षीय तोपबहादुर पाठकको धाँरिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुबकुमार शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीद्वारा स्वास्थ्यविज्ञान प्रतिष्ठानका भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओली पोखरामा
प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन बिहीबार अपराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्नुभएको छ ।
हराए ‘पोखराको सम्झना’
पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ ।
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका
यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।
हिमाल र लोकमार्ग
कास्की, माघ ३ गते । मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
जोमसोम बजार र नीलगिरि हिमाल
मुस्ताङ, माघ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी किनारबाट देखिएको जोमसोम बजार र पृष्ठभूमिमा नीलगिरि हिमाल । तस्बिर ः रासस
सिक्लेस गाउँ
कास्की, माघ ३ गते । कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छन् । तस्बिर ः रासस
अल्लोको कपडा बुन्दै
म्याग्दी, माघ ३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षीया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सव स्थलमा प्रदर्शनीमा राखेको छ । तस्बिर ः रासस
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
पहाडी सडकको बिजोग
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म स्तरोन्नति हुने कुनै छाँटकाँट नै देखिँदैन ।
बिहान सवारी चलाउनै कठिन
घाममाथि आइसक्ने बेलासम्म पनि तराईमा उज्यालो देखिँदैन ।
नगर अस्पताल सञ्चालन
नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् ।
संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’
म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ ।
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।
प्रशासन कार्यालय मुस्ताङमा आगालागि हुँदा हवलदार घाइते
हिमालपारिको जिल्ला मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागि हुँदा एक जना प्रहरी हवलदार घाइते हुनुभएको छ ।
महोत्सवले गर्दैछ कला संस्कृतिको प्रवर्धन (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको बेनीमा पुस २८ देखि सुरुभएको म्याग्दी महोत्सवले स्थानीय कला संस्कृतिको सम्बर्धनमा सहयोग गरेको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सव उद्योग ब्यापार र कलाको विकास गरौं, संस्कृति संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नारासाथ सुरु भएको हो ।
खाडलका कारण दुर्घटना जोखिम
गोरखा सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुला खाडलका कारण दुर्घटना जोखिम बढ्दै गएको छ । लामो समयदेखि मुख्य सडकमा ठुला खाडल हुँदा पनि मर्मतका लागि समबन्धित निकायले ध्यान नदिँदा दुर्घटना जोखिम बढ्दै गएको हो ।
पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा
म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो ।
गण्डकीमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो
गण्डकी प्रदेशमा धान खेतीको उत्पादन घटेको छ । प्रदेशमा चालु वर्ष २०८१-०८२ मा ३.२२ प्रतिशतले धान उत्पादन घटेको हो।