बिक्न छाडे ठेका र मदानी
सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आउनुभएका टीका चुदारा निरास बन्नुभएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आउनुभएका उहाँले सोचेअनुरुप सामान बिक्री गर्न सक्नुभएको छैन ।
देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु
जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।
गाउँको बाटो देखाउन सुन्तला महोत्सव
पर्वतको बास खर्क देशभरमै सुन्तला उत्पादनका लागि ख्याती कमाएको गाउँ हो । वर्षेनी १० करोड भन्दा बढी मूल्यको सुन्तला विक्री गर्दै आएको गाउँमा पहिलो पटक सुन्तला महोत्सवको आयोजना बाटो देखाउनका लागि गरिने भएको छ ।
हिउँदे अधिवेशनबाट अध्यादेश पास हुन्छः सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ।
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ ।
शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।
स्याङ्जाका ९ हजार बढी छात्रालाई 'एचपिभी खोप' लगाइने
स्याङ्जामा आगामी माघ २२ गतेदेखि एचपिभी खोप लगाउन सुरु गरिने भएको छ ।
फेदीखोलाका ८५ उत्कृष्ट कृषक पुरस्कृत
स्याङ्जाको फेदीखोला गाउँपालिकाले ८५ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
गुरुङ र मगर भाषामा सरकारी कामकाज
गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने भएको छ । यी दुई भाषा बोल्ने समुदायको अधिक बसोबास रहेकोले प्रदेश सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने पक्रिया अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले बताउनुभयो ।
तरङ खोलाको निर्माणाधीन पुल अलपत्र
नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । निर्माण कम्पनी सम्पर्कमा नआउदा र तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकेपछि कालीगण्डकी कोरिडोर (गैंडाकोट–बुलिङटार–रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुल अलपत्रमा परेकोे हो ।
गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका
गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन गोरखा नगरपालिका–६ बसपार्कमा गोरखा चिनाउने चित्र बनाउन सुरु गरिएको छ ।
गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ ।
'विकास निर्माणको काम समयमै पूरा गर्नुपर्छ'
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले तनहुँको विकास निर्माणको काम समयमा नै पूरा खबरदारी गर्नुभएको छ ।
हिमशृङ्खला
मुस्ताङ, माघ ७ गते । मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेबजारबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला अन्तर्गत नीलगिरि र अन्नपूर्ण हिमाललगायतको दृश्य । यस वर्ष समयमै हिमपात नहुँदा हिमालमा पर्याप्त हिउँ देखिएको छैन । तस्बिरः रासस
भीरकोटकाे तोरीखेती
स्याङ्जा, माघ ७ गते । स्याङ्जाको भीरकोट नगरपालिका ४ गैराथोकमा फुलेर पहेँलपुर देखिएको तोरीबाली । उत्पादनका दृष्टिले यो क्षेत्र उर्बर मानिन्छ । तस्बिरः रासस
सिसिटिभी बिग्रँदा अपराधका घटनामा वृद्धि
बुटवल–नारायणगढ सडकखण्ड विस्तार गर्ने क्रममा सडक छेउछाउका बिजुलीको पोलमा राखिएका सिसिटिभी क्यामरा बिग्रन थालेका छन् ।
बाह्र घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता
बुलिङटार गाउँपालिका–१, हात्तीगौँडाका बासिन्दा गाउँपालिकाको सेवा केन्द्र पुग्न १२ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यताले हैरान भएका छन् ।
कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन
भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ ।
पक्की पुल नहुँदा आवतजावत गर्न समस्या
तनहुँको देवघाट गाउँपालिका–५, देवघाटधामको दर्शन गर्न जाने भक्तजन तथा स्थानीयलाई पक्की पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको छ ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ ।
मकैखेती विस्तार गर्न किसानलाई अनुदान
जिल्लामा मकैबाली विस्तार गर्न चालु आर्थिक वर्षमा रु ७८ लाखको लगानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रले मकै बीउ उत्पादन तथा मकैबाली प्रवद्र्धन आयोजनाका लागि उक्त रकम लगानी गर्ने भएको हो ।
अलैँची बिक्रीबाट २२ करोड आम्दानी
लमजुङ, माघ ७ गते । यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । त्यसैगरी, आर्थिक वर्ष २०७९र८० मा तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । आव २०७८र७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची बिक्री गरी रु १५ करोड आम्दानी भएको थियो । आव २०७७र७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची बिक्री गरी रु १८ करोड २० लाख आम्दानी भएको थियो । आव २०७६र७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५र७६ मा सात सय ५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयले मात्र यस वर्ष छ हजार सात सय केजी अलैँची बिक्री गरी रु एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताउनुभयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो ।