साहित्यकार श्रेष्ठलाई एक लाख रुपियाँको पुरस्कार
जिल्लाको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एक लाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ ।
मर्स्याङदीमा आँखा शिविर : १०३ को शल्यक्रिया
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा एक सय तीन जना बिरामीको शल्यक्रिया गरिएको छ ।
टाइगर कप भलिबल : ट्राभल इन्क्वारीमाथि एपिएफको जित
पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो ।
लटरम्म सुन्तला
गण्डकी, माघ १२ गते । पर्वतको जलजला गाउँपालिका १ स्थित बाँसखर्कको सुन्तला बगानमा लटरम्म फलेको सुन्तला । बाँसखर्कका किसानले १५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । तस्बिरः रासस
वालिङ बजार
स्याङ्जा, माघ १२ गते । स्याङ्जाको वालिङ ८ घ्याङलिङबाट देखिएको आँधीखोलाको किनारमा रहेको वालिङ बजार । तस्बिरः रासस
मानापाथी हिमाल र आसपासका क्षेत्र
मुस्ताङ, माघ १२ गते । मुस्ताङको थासाङ गाउँपालिका(२ कालीगण्डकी बगरबाट देखिएको मानापाथी हिमाल, टुकुचे पिक, सानुसरे लेक र आसपासका गाउँहरु । तस्बिरः रासस
कुवामा डुबेर वृद्धको मृत्यु
खानेपानीको कुवामा डुबेर एक बृद्ध मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पालुङटार नगरपालिका – ६ ठुला चौर घर भएकी ६७ वर्षीया वृद्धा कृष्ण माया कामी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
मानसिक अस्पताल खोल्ने तयारी
गण्डकी प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत मानसिक रोग अस्पताल खोल्ने तयारी थालेको छ ।
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ।
विद्यालय शिक्षा ऐन चाँडै आउँछ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। शुक्रबार सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ ।
कौरा नाचको संरक्षणमा गाउँपालिका
कौरा नृत्य ऋषिङ गाउँपालिकाबाटै सुरु भएकोले यसको संरक्षण संवर्द्धनकाा लागि प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्दै आइरहेको नयाँ पुस्तालाई जानकारी र संरक्षणमा टेवा पुर्याउन डकुमेन्ट्री निर्माण गरिसकिएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।
बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नागरिकको सुरक्षाका लागि स्याङ्जा प्रशासन र स्थानीयतह सहकार्य गर्दै
जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाउन स्याङ्जा प्रशासन र जिल्लाका स्थानीय तहहरुले सहकार्य गर्न सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लागु औषधको दुरुपयोगलाई नियन्त्रण, अपराध नियन्त्रण र स्थानीय तहमा शान्ति सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरुसँग सहकार्य गरेको जनाएको छ ।
नवलपुरमा मौरी पालन व्यवसाय फस्टाउँदो
थोरै लगानी र थोरै श्रमबाट समेत राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरी पालन व्यवसाय उत्तम हुँदै जान थालेको छ । घरयासी प्रयोगका लागि मौरी पालन गरिने भए पनि पछिल्लो समय व्यवसायिक रुपमा यो व्यवसाय फस्टाउन थालेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रदेशसभा अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
सिर्कुङगाउँ र नीलगिरि हिमाल
मुस्ताङ, माघ ११ गते । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा नीलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता रहिआएको छ । तस्बिर : रासस
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।
छयसट्ठी हजारले अवलोकन गरे गोरखा सङ्ग्रहालय
गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झन्डै ६५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् ।