पर्यटन पूर्वाधार विकास योजना अलपत्र
पर्यटन पूर्वाधार विकासका ४२ वटा योजनाहरू जिल्लामा छन् ।
बाटो विस्तारको सुस्तताले मर्कामा होटल व्यवसाय
नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवसाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यवसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यवसायीको गुनासो छ ।
टाइगर कप भलिबल : सुनिल भलिबल क्लबको जित
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
दूधको अनुदान रकम लिएर गल्याङका जनप्रतिनिधि गाउँगाउँमा
गल्याङ नगरपालिकाका जनप्रतिनिधि दूध उत्पादनमा आधारित अनुदान लिएर गाउँगाउँमा पुगेका छन् ।
सामुदायिक विद्यालयमा मगर भाषामा पढाइ हुने
तनहुँको नगरपालिकाकाको सामुदायिक विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गरिने भएको छ ।
देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ ।
गुरुकुल सञ्चालन गर्न सकस
दानबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित महर्षि वेदव्यास विद्याश्रम (गुरुकुल संस्कृत विद्यालय) आर्थिक सङ्कटमा परेको छ ।
गण्डकीमा एक लाखभन्दा बढी किशोरीलाई खोप लगाइने
गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनका लागि तयारी भइरहेको छ ।
तीन साहित्यकार सम्मानित
ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले द्रष्टा तथा स्रष्टाहरूलाई सम्मान र ‘ज्याग्दीखोलाको तरङ्ग’ पूर्णाङ्क– ३७ को लोकार्पण गरेको छ ।
बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला
बाँसखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीको बेनी नगरपालिका ६,चुत्रेनीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बेनीबाट सिंगातातोपानी तर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले सिंगातातोपानीबाट बेनी तर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा मङ्गला गाउँपालिका ३ का ४६ वर्षीय थम बहादुर रोका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रोजगार प्रवर्धन कार्यक्रम ल्याइने
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवालाई देशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने बनाउन रोजगार प्रवर्धन गर्ने खालका कार्यक्रम ल्याउने गरी बजेटको तयारी गरिने बताउनुभयो ।
डेढ करोड लगानीमा कागतीखेती
बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् ।
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।
खेल क्षेत्रको विकृति घटाउन पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेको विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
प्रगतिशील लेखक संघमा अर्याल
प्रगतिशील लेखक सङ्घ नेपाल, स्याङ्जाको छैटौँ जिल्ला अधिवेशनले अनन्त अर्यालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती गठन गरेको छ।
संस्कार जोगाउन सांस्कृतिक उत्सव
तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभरी छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।
सामाजिक विभेदको अन्त्य गर्न पत्रकार सशक्त रुपमा लाग्नु पर्नेमा जोड
तनहुँको बन्दीपुरमा शनिबारबाट सुरु गरिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्ने वक्ताले जात, लिङ र धर्मको आधारमा हुने विभेदलाई अन्त्य गर्न सञ्चार माध्यमले प्राथमिकता दिएर कलम चलाउनुपर्नेमा जोड दिइएको हो।
रुखबाट खसेर एकको मृत्यु
गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
बगरफाँट-भकिम्ली सडक स्तरोन्नतिले स्थानीय खुसी
बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली गाउँ जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् ।
बाँसखर्कमा सुन्तला महोत्सव
म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ ।
गोरखामा सुन्तला उत्पादन घट्यो
गोरखामा यस वर्ष सुन्तला उत्पादन घटेको छ ।
मिलेरेप्पा गुफा पुग्न मोटरेबल पुल
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकामा रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल बन्ने भएको छ ।
यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ ।