मुस्ताङका भेडाच्याङ्ग्रा
मुस्ताङ, पुस २५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ जाेमसोममा स्थानीय आङ्ग्येल शेर्पाले पालेका भेडाच्याङ्ग्राको बथान । मुस्ताङमा हिउँदयाम सुरु भएसँगै भेडाच्याङ्ग्रालाई दिनभर चरनमा लगेर बेलुकी घर ल्याउने गरिन्छ । तस्बिरः रासस
मकैको जोहो
बागलुङ, पुस २५ गते । बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्बिरः रासस
सुन्तलाखेती
बागलुङ, पुस २५ गते । बागलुङ नगरपालिका–९ तित्याङ अदुवाबारी नजिकै खेतमा हुर्कंदै गरेका सुन्तलाका बोट । तित्याङमा पछिल्लो समय सुन्तलाखेती गर्ने कृषक बढ्दै गएका छन् । तस्बिरः रासस
रविको मुद्दामा आजै आदेश आउन सक्ने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो ।
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो ।
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
ष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ ।
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
गण्डकी, पुस २५ गते । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका –८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई आज उहाँले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
त्रिसहिदलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिसहिद नमूना माविले जितेको छ ।
कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
गोरखा जिल्लामा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ ।
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।
नारायणीको पानी फर्काउन स्थानीयको अवरोध
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणीपीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने का
कपडा बैंकले गरिब तथा विपन्नलाई सहज
बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कपडा बैंक सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ । अर्थुङ्गेस्थित वडा कार्यालयमा सञ्चालित कपडा बैंक महिनाको दुई पटक शनिबारका दिन खोल्ने व्यवस्था गरिएको छ ।
दुई वर्षमा मनाङ आउने पर्यटकको सङ्ख्या दोब्बर
सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ । २०२२ मा १५ हजार ८ सय ५५ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।
हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द
गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अजिरकोट गाउँपालिकाले एक सूचना जारी गर्दै बुधबार बिहान ७ देखि बेलुका ५ बजेसम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो ।
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
सुन्तला देखाएर हुने आम्दानी बन्द
स्याङ्जा जिल्लामा सुन्तला बेचेर धेरै कृषकले राम्रो आम्दानी गर्दै आएका छन् तर सुन्तला देखाएरै लाखौँ कमाउने कृषक भने चिन्तामा छन् । सुन्तलाको मौसममा भरिभरा
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो। घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।
पुर्ख्याैली सिप संरक्षणमा विद्यार्थी
नवलपुर जिल्लाको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयले शिक्षासँगै सिपको विकास गराउन जोड दिएका छन् ।
व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन
खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न तनहुँको व्यास नगरपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।