नारायणीको पानी नवलपुर फर्काउन नदी पीडितको अवरोध
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ ।
मिडिया सोसाइटी अवार्ड पत्रकार खत्रीलाई प्रदान
मिडिया सोसाइटी अर्वाड २०८१ बाट म्याग्दीका क्रियाशील पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो ।
सुनसान बन्दै ढोरपाटन
चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।
नारायणी नदीमा चलाइयो डोजर
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीमा बिहीबार डोजर चलाइएको छ ।
‘सिपयुक्त शिक्षा अहिलेको आवश्यकता’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिपयुक्त शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
विदेश छाडेर पशुपालनमा रमाउँदै दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन हुँदैन : सञ्चारमन्त्री गुरुङ
सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो।
सूर्यदर्शनका प्रतिवादीको बहस जारी
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ।
पर्यटकीय स्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
नवलपुरमा धान उत्पादनमा कमी
नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ ।
खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।
फिस्लिङ–आग्रीडाँडा हुँदै भैरबी जोड्ने सडक शनिबारदेखि बन्द हुने
गोरखाको गण्डकी गाउँपालिका–६ अन्र्तगत पर्ने फिस्लिङ – आग्रीडाँडा हुँदै भैरबी जाने सडक खण्ड शनिबारदेखि बन्द हुने भएको छ ।
सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
पाँच महिनामा सात करोडभन्दा बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु. सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय सङ्कलन गरेको हो ।
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
निसी, भुजी र तमानखोलाको सङ्गममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ ।
जाडो छल्न सिङ्गो गाउँ झर्यो बेँसीमा
गोरखा सदरमुकामबाट ५५ कोष टाढा रहेको तिब्बती सीमानजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो बढेसँगै सिङ्गो गाउँका बासिन्दा तलको बेँसीमा झरेका छन् ।
कैदीबन्दीको स्वास्थ्य जाँच
कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ ।
धौलागिरी हिमाल र आसपास क्षेत्र
मुस्ताङ, पुस १९ गते । मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ुट्रेकिङ रुटु र पृष्ठभूमिमा धौलागिरी हिमाल । तस्बिरः रासस
गाउँभरि केराखेती, बजारको अभाव
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति
विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।
मुस्ताङमा पर्यटक आगमन वृद्धि
मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
बागलुङ बजार
बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार र पृष्ठभूमिमा पर्वतको पाङगाउँ ।
बासखर्कमा सुन्तला महोत्सव हुने
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ ।
सुन्तला र कागती खेतीबाट वार्षिक २० लाख आम्दानी
गैँडाकोट –११ का गुप्तप्रसाद रेग्मी व्यावसायिक किसानको रूपमा स्थापित हुनुभएको छ । २०७५ मा गैँडाकोट –१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी फलफूल खेती गर्दै आउनुभएको छ ।