पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने
पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।
आजबाट रविको तर्फबाट बहस सुरु
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल
लमजुङ, पुस २२ गते । बेँसीसहर नगरपालिका १ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल। यतिबेला यस आयोजनामा पर्याप्त पानी नहुँदा विद्युत उत्पादन घट्दै गएको छ। तस्बिरः रासस
बेनी नगरपालिकाको वडा भवन सात वर्षदेखि अलपत्र
बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ ।
शीतलहरले जनजीवन कष्टकर
केही दिनदेखि तराईमा शीतलहर चल्दा निकै जाडो बढेको छ । यसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदा यातायात, व्यापारलगायतमा पनि असर परेको छ ।
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो ।
नाफाको नीतिले किसानलाई घाटा
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) ले सञ्चालन गरेको कृषकलक्षित कार्यव्रmम मनाङको हकमा निल्नु न ओकल्नुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यव्रmमको लगानीमा नेपालका पहाडी क्षेत्रमा १० प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्न नेपाल सरकारले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन गरेको थियो ।
निलगिरि हिमाल र आसपासका क्षेत्र
मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका–५ स्थित चर्चित पर्यटकीय ठिनी गाउँबाट देखिने निलगिरि र तिलिचो हिमालसँगै अन्य सुन्दर हिमशृङ्खला ।
‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ ।
जैविक मल उत्पादनमा जोड
रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ ।
साहित्यकार डा.नेपाल सम्मानित
साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ ।
ग्यास चुहिएर एक महिलाको मृत्यु
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।
नेपाली सेनाको गोरखा–काठमाडौँ पदयात्रा
नेपाली सेनाले आज आइतबारदेखि गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला
लेखनलाई अब्बल बनाउने उद्देश्यले सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।
सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
नेत्ररोग विशेषज्ञ डा. रुइत पुरस्कृत
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा .सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेवार बस्तीमा संस्कृति आदानप्रदान
नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।
अपाङ्गता भएकालाई घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घरमै पुगेर शारीरिक अपाङ्गता भएकालाई नागरिकता दिने काम अघि बढाएको छ । प्रशासनले पुतलीबजार नगरपालिका–१४ का ३२ वर्षीय निर्मल केसीलाई घरमै पुगेर नागरिकता दिएको हो ।
गोरखामा आगोलागिबाट तीन घर जलेर नष्ट
गुणबहादुर रोका सुलीकोट, पुस २१ गते । गोरखामा ३ घर जलेर नष्ट भएको छ । जिल्लाको आरुघाट गाउँपालिका – १ मान्बुको श्यामचेतमा स्थानीय पूर्ण बहादुर लामा, र उनका दुई छोरा बुद्धिमान लामा र आईतेसिङ लामाको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो उहाँका अनुसार शनिवार साँझ करिब ८ बजेको समयमा खाना बनाउन लाग्दा ग्याँस बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्ण बहादुरको घरमा आगलागी हुन पुगेको उहाँले बताउनुभयो ।त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई छोराहरूको घरमा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगलागी भएपछि स्थानीय र आरुघाट प्रहरीको सहयोगमा दुई घण्टा पछि आगो नियन्त्रणमा आएको बताइएको छ । आगोलागिबाट मानबिय क्षति भने नभएको प्रहरीको भनाई छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।
६ करोड बढी मूल्यको सामग्री प्रहरी नियन्त्रणमा
हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ ।
कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार गौतमलाई
म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
संविधानलाई जीवन्त राख्न संशोधन आवश्यक छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताउनुभएको छ।