• २३ पुस २०८१, मङ्गलबार

अपाङ्गता भएकालाई घरमै नागरिकता

blog

स्याङ्जा समाचारदाता

स्याङ्जा, पुस २१ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घरमै पुगेर शारीरिक अपाङ्गता भएकालाई नागरिकता दिने काम अघि बढाएको छ । प्रशासनले पुतलीबजार नगरपालिका–१४ का ३२ वर्षीय निर्मल केसीलाई घरमै पुगेर नागरिकता दिएको हो । 

प्रशासकीय अधिकृत शोभाखर पोखरेलको नेतृत्वमा पुगेको टोलीले उमेर पुगेर पनि घरको आर्थिक अवस्था तथा शारीरिक रूपमा अपाङ्गता भएका केसीलाई नागरिकता दिएको हो । केसीका बाबु पूर्णबहादुर केसीले प्रशासनले घरमै आएर नागरिकता दिएकोमा खुसी व्यक्त गर्नुभयो । 

यसअघि रुखबाट लडेर अशक्त हुनुभएका वडा नम्बर १२ का १६ वर्षीय प्रीतम गुरुङलाई घरमै र मेरुदण्ड भाँचिएर अस्पतालमा उपचाररत बिरुवा–५ का विमल शर्मालाई अस्पतालमै गएर नागरिकता दिइएको थियो । 

प्रशासनले शनिबारबाहेक सार्वजनिक बिदाका दिनमा पनि नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने सेवा दिँदै आएको सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो ।