सिक्टा सिँचाइ आयोजनामा एक अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन, ३३ करोड वृद्धि
सिराज खान नेपालगञ्ज, जेठ १६ गते । सरकारले बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा खर्च गर्ने गरी एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभएको बजेटमा पश्चिम नेपालको बहुप्रतिक्षित सो आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सन्तोष कैनीले गत आर्थिक वर्षमा सो आयोजनाका लागि एक अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३३ करोड रुपियाँ थप गरेर एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट वृद्धि गरेको जनाउँदै बजेटलाई आयोजनाको निर्माण कार्य पूरा गर्नमा तीव्ररुपमा खर्च गरिने बताउनुभयो । सरकारले विनियोजन गरेको सो बजेट आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको निर्माण र गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्नमा खर्च गरिने आयोजना प्रमुख कैनीले बताउनुभयो । उहाँले यसका साथै क्रमगत रुपमा सञ्चालन हुँदै आएका आयोजनाका काममा पनि सो बजेट खर्च गरिने जनाउनुभयो । आगामी आर्थिक वर्षमा पूर्वी मूल नहरको नरैनापुरसम्मको ४४ देखि ५३ किलो मिटरको अध्ययनलगायत गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्ने र पश्चिमी तथा पूर्वी मूल नहरको निर्माण र मरम्मत तथा सिँचित क्षेत्र बचावटलाई प्राथमिकतामा राखिने आयोजनाले जनाएको छ । बजेट बढाइएपछि किसान उत्साहितसरकारले आगामी आर्थिक वर्षका लागि सिक्टा सिँचाइ आयोजनामा गत आर्थिक वर्षभन्दा ३३ करोड रुपियाँ बजेट बढाएपछि राप्तीपारिका किसानहरु उत्साहित भएका छन् । मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहरको ५३ किलोमिटर क्षेत्र मध्ये ३८ किलोमिटर क्षेत्रसम्म नहरका स्ट्रक्चरहरु निर्माण भैसकेको र नहर फिनिसिङको काम भैरहकाले बजेट वृद्धिबाट काम छिटो हुने उनीहरुको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाका किसान नरेश चौधरीले सरकारले सिक्टा सिँचाइको बजेट वृद्धि गरेर आयोजना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेकाले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले छिट्टै आयोजनाको पानी खेतबारीमा पुग्ने आशा पनि किसानहरुमा पलाएको बताउनुभयो । सिक्टाको बजेट वृद्धि गरेर सरकारले नरैनापुरका किसानलाई ध्यानमा राखेको देखिएको नरैनापुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । यसअघि नै मुख्य बाँधस्थल अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण पूरा गरेर सो नहरमा पानी बगाइएको छ । उक्त नहरबाट करिब ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १५ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।
मृगलाई हानेको गोली लागेर एकको मृत्यु
ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
समृद्ध लुम्बिनीका लागि प्रतिबद्ध छौँ : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ बनाउने अभियानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सरकारले लुम्बिनी प्रदेशको विकासका लागि योगदान दिन कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री केसीले नेपालको संवि
होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा
कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगञ्जमा निर्माणाधीन एक हजार शøया क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खानेपानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कट्ठामा निर्माण गरिएका छन् ।
बुद्धभूमिमा सङ्कटापन्न गिद्धको बथान
गहुँ काटेर खाली भएको खेतमा केही दिनदेखि प्रकृतिको कुचीकारको संज्ञा पाएको गिद्धको बथान देखिन थालेको छ । केही आकाशमा उडिरहेका र रुखमा बसेका पनि देखिन्छन् । सिनोमा झुम्मिएका गिद्धको बथान देखेर स्थानीयले रमाइलो मान्ने गरेका छन् ।
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन
भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालिन पोखरीको उत्खनन गरिएको छ ।
यार्साको सुरक्षामा खटिएका प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार
राजु लामिछाने रुकुम पूर्व, जेठ १५ गते । रुकुम पूर्वमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएका छन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक कुष्णबहादुर खड्का बिरामी हुँदा शनिबार बेलुका हेलिकप्टर मार्फत् उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरिक्षक खड्कालाई स्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । शनिबार उहाँलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखापरेको डिएसपी डाँगीले जानकारी दिनुभयो । उच्च हिमाली भागमा अक्सिजन अभावको कारण ‘लेक लाग्ने’ समस्या हुने गर्दछ । मैकोटको पाटन, पुपालमा यार्साको सुरक्षामा खटिएका बेला खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि यार्सा संकलन सुरु भएको स्थानीयले जनाएका छन् ।
ट्याक्टरको ठक्करबाट साइकल यात्रुको मृत्यु
जानु पाण्डेकपिलवस्तु, जेठ १५ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान सवा १० बजे भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय बालमुकुन्द चौधरीको घटनास्थलमा मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर १ बनवामा लु ४ त २५४५ नम्बरको ट्याक्टरले साइकलमा सवार रहेका चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली खटिएको छ । दुर्घटनापछि ट्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ ।
शैक्षिक सामग्री वितरण
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले ३१औँ स्थापना दिवसको अवसरमा एक बालगृहमा आश्रित असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल बालसङ्गठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपी