कृषि एम्बुलेन्स सञ्चालन गर्दै भूमे गाउँपालिका
राजु लामिछाने रुकुम पूर्व, जेठ १८ गते । रुकुम पूर्वको भूमे गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न एउटा गाडी खरिद गरेको छ । उक्त गाडीलाई कृषि एम्बुलेन्सका लागि प्रयोग गर्नेगरी पहिलो गाउँ कार्यपालिका बैठकले निर्णय समेत गरेको छ । कार्यपालिका बैठकले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम स्थानीय कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न खरिद गरिएको चारपांग्रे गाडीलाई स्थानीय उपज संकलन तथा बजारीकरणका लागि प्रयोग गर्ने निर्णय गरेको हो । यसका लागि उक्त गाडी भूमे गाउँपालिका २ को मारिङ बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकामा उत्पादन हुने कृषि उपज अव उक्त कृषि एम्बुलेन्सले बजारसम्म पु¥याउने छ । एम्बुलेन्स संचालन गर्ने जिम्मा पाएको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले भूमे २ को खावाङ बगरमा सहकारी बजार पनि संचालन गर्दै आइरहेको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई सहजै बजारसम्म पु¥याउने उद्देश्यले कृषि एम्बुलेन्स संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, गाउँकार्यपालिका बैठकले चुनवाङ स्वास्थ्य चौकीका लागि खरिद गरिएको एम्बुलेन्स उक्त स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ । एम्बुलेन्स स्वास्थ्य चौकी व्यवस्थापन समितिले नै सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाउँपालिकाले यसअघि पनि एम्बुलेन्स संचालन गर्दै आइरहेको छ । अव गाउँपालिकामा दुई वटा एम्बुलेन्सहरु रहने भएका छन् । यसले विरामीलाई स्वास्थ्य संस्थाहरुमा पु¥याउन थप सहज हुने विश्वास गरिएको छ ।
बजारको खोजीमा ४० हजार सुन्तलाका विरुवा
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ १८ गते । मंगला गाउँपालिका ४ बरङ्जाका कृषक रेशम बुढाथोकीको नर्सरीमा ४० हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहे पनि आशा गरे अनुसार विक्री नभएको बताइएको छ । अघिल्ला वर्ष विरुवा सहजै विक्री हुनेगरेका थिए यसपाली विक्री नभएकाले परिश्रम खेरजाला जस्तो भएको उहाँले गुनासो गर्नुभयो । साढे एक रोपनीको जग्गामा संचालन भएको नर्सरीमा सुन्तलाका साथै ओखर, कागती र टिमुरका विरुवाहरु पनि उत्पादन भएका छन् । १८ महिनाका २५ हजार र ३२ महिनाका करिव १५ हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहेको बुढाथोकीले बताउनुभयो । नर्सरीमा लोकल बाँसखर्क जातको सुन्तलाका विरुवा छन् । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका विरुवाको परीक्षण (पिसिआर)पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा विरुवामा कुनै प्रकारको रोग नदेखिएको उहाँले बताउनुभयो । एकहजार ६३० मिटरको उचाईमा उत्पादन गरिएको विरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाइ छ । २०६९ सालदेखि व्यवसायिक कृषि पेशा अंगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तला सँगै ओखरका विरुवा १२ सय, कागतीका विरुवा चा हजार, टिमुरका विरुवा चार हजार डालेघाँसलगायतका विरुवाहरु तयारी अवस्थामा रहेका छन् । बरंजा नर्सरी तथा पशुपंक्षीपालन फर्म दर्ता गरी व्यवसायिक कृषि पेशामा लाग्नुभएका बुढाथोकीको नर्सरीमा हालसम्म करिव ४० लाख रुपियाँ लगानी पुगेको छ । गत आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्र बेनीबाट प्राप्त ५ लाख अनुदानले दुई वटा ग्रीनहाउस निर्माण गरेको बुढाथोकीले बताउनुभयो । त्यस्तै, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट दुई लाख ५० हजार बराबरको कृषि सामाग्री सहयोग प्राप्त भएको उहाँको भनाइ छ । ‘करिव १५ हजार सुन्तलाका विरुवा गत वर्षकै छन्, यी सबै पोहोर नै विक्री भइसक्नु पर्ने थियो, तर अहिलेसम्म पनि कोही खोज्न आएका छैनन्’, बुढाथोकीले भन्नुभयो, “वडा, पालिका तथा अन्य कार्यालयले जिल्ला बाहिरबाट सस्तोमा विरुवा लिएर वितरण गर्दा मलगायत यहाँका नर्सरी कृषकहरु प्रत्यक्ष मारमा परेका छौँ” । उहाँले नर्सरीबाट वार्षिकक रुपमा पाँच लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
पाठ्यपुस्तक असार पन्ध्रभित्र
लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।
३० हजार घुस लिने रायमाझी अख्तियारको नियन्त्रणमा
नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।
कपिलबस्तुमा अवधि सांस्कृतिकग्राम निर्माण हुने
नारद कोहारतौलिहवा, जेठ १७ गते । कपिलबस्तु बुद्धभूमि नगरपालिका १० को चेतरदेई र मोतिनगर क्षेत्रमा अवधि सांस्कृतिकग्राम निर्माण हुने भएको छ । सो अवसरमा लुम्बिनी प्रदेश सरकार र स्थानीयबीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।अवधि सांस्कृतिकग्राम निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । उक्त ग्राम निर्माणका लागि नगरबाट हुने सक्दो सहयोग गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।सो सांस्कतिकग्राम निर्माणका लागि जग्गाको छनौट पनि भइसकेको बुद्धभूमि नगरपालिका १० का वडाध्यक्ष सन्दिप पाण्डेयले बताउनुभयो । निर्माण हुन लागेको ग्राममा स्थानीय कला, संस्कृति, पार्क, अवधि भेषभूषालगायत स्थानीय स्तरमा हुने सम्पूर्ण चाड पर्वको झल्को दिने गरी निर्माण हुने स्थानीय समाजसेवी तुलसीराम यादवले बताउनुभयो ।निर्माण हुन लागेको अवधि सांस्कृतिकग्राम बुद्धभूमि नगरपािलका १० का सानो चेतरादेहई, ठूलो चेतरादेई, भगवानपुर, मोतिनगर, बैकुण्ठपुर र जनकपुरका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुनेछ ।
अनुमति बिना नेपाल प्रवेश गरेको भारतीय कार बेलहियामा बरामद
अनुमति बिना नेपाल प्रवेश गरी विभिन्न स्थान पुगेर फर्किदै गर्दा भारतीय नम्बर प्लेटको कार रुपन्देहीको बेलहियाबाट बरामद गरिएको छ ।
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत धूमपानको लतमा
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत नागरिक धुमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् । त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तिजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ ।
भेरी अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण सेवा सुरु
सिराज खान नेपालगञ्ज, जेठ १७ गते । पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्ज, कोहलपुर र खजुरामा रहेका विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य उपचारमा दिनदिनै नयाँ नयाँ सेवा दिइरहेका छन् । पछिल्लो समयमा नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु गरेर जोर्नीसम्बन्धी रोगका विरामीका लागि महत्वपूर्ण उपचार शुरु गरिएको छ । पश्चिम नेपालका सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालले एकपछि अर्को विशिष्टीकृत सेवा थप्दै गएकोमा हाल आएर जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । यस क्षेत्रका बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेकाले भेरी अस्पतालमा सो सेवा शुरु गरिएपछि उक्त बाध्यताको पनि अन्त भएको छ । बाँके खजुरा गाउँपालिकाका ४५ वर्षीय हनुमान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन तथा पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले मंगलबार विहान ८ बजेदेखि १० बजेसम्म करिब दुई घण्टा लगाएर सो सफल शल्यक्रिया गरिएको बताउनुभयो । डा. थापाका अनुसार भेरी अस्पतालमा यसखालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा.ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेलगायतको टीम सो शल्यक्रियामा संलग्न रहेको भेरी अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
जमुनाहा नाकाको सुरक्षा व्यवस्थामा कडाइ
नेपालगञ्ज समाचारदातानेपालगञ्ज, जेठ १७ गते । बाँकेस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यो नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित साना हातहतियारसमेत भित्रिने आशङ्कामा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सुरक्षा कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरूबीच सहमति नै भएको छ । नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने आशङ्कालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो । विगतझैँ यो नाकाबाट लागूऔषध भिœयाउने समस्या चुनौतीपूर्ण बन्दै गएकाले उक्त अवैध कार्य नियन्त्रण र अन्य गैरकानुनी सामान भित्रिन नदिन नाकामा कडाइ गरिएको छ । भारतबाट आउने सवारी साधनमाथि थप निगरानी बढाइएको उहाँले बताउनुभयो । नाकामा चेकजाँच कडाइ गर्नुका साथै आवागमन गर्ने सर्वसाधारण र भारतीय पर्यटकसँग राम्रो व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले सीमापारि गएर घरायसी सामान किनमेल गर्ने नाममा तस्करी बढ्दै गएको पाइएको जनाउँदै त्यसमा पनि नियन्त्रण गर्ने कार्य सुरु गरिएको बताउनुभयो । सीमापारिको रुपैडिहा बजारमा लागूऔषध खुला रूपमा विक्री वितरण हुने गरेको छ । लागूऔषध खरिद गर्न दैनिक ठूलो सङ्ख्यामा नेपाली युवा रुपैडिहा पुग्ने गरेका छन् । प्रहरीका अनुसार उक्त अवैध कार्य रोक्न नाकामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । दैनिक रूपमा सीमापारि गएर आउने व्यक्तिको पहिचान, खानतलासी र सोधपुछ गर्ने गरिएको छ । नेपालतर्फको जमुनाहा नाकामा चेकजाँच कडा पारिएपछि भारतीय सुरक्षा निकाय भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि चेकजाँच कडा गर्दै गएको छ । यसअघि स्थानीय तह निर्वाचनको समयमा पनि नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।