वाणगंगा नगरपालिकामा आइतबार बिदा नहुने
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।
कपिलबस्तुको भिक्षुचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु
नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
पूर्वराजा वीरेन्द्रकाे सालिक राख्दा तनाव, प्रहरीद्वारा चार राउण्ड हवाई फायर
अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।
जनता रिझाउने प्रयत्नमा पालिका
लुम्बिनी प्रदेशका नवनिर्वाचित पालिका प्रतिनिधिहरूले धमाधम लोकप्रिय निर्णय गर्दै आएका छन् । आफ्नो पहिलो निर्णयलाई महत्त्व दिएका प्रमुखले पहिलो निर्णयमा जनतालाई प्रत्यक्ष राहत तथा सुविधा दिने निर्णय गरेका हुन् ।
किशाेरीलाई अपहरणपछि दुर्व्यवहार गरेकाे आरोपमा ६ जना पक्राउ
कपिलवस्तुकी १७ वर्षीया किशाेरीकाे अपहरणपछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र
हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।
विजुलीको ट्रान्सफर्मर फोडेर तामाको तार चोरी
जानु पाण्डेकपिलवस्तु जेठ १८ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा सिंचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मरबाट तामाको तार चोरी भएको छ । वहादुरगन्ज बजार नजिकको बस्तीका कृषकले ट्युववेल मार्फत सिँचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मर फोडेर तामाको तार र ट्रान्सफर्मर भित्र हुने तेल चोरी गरिएको हो ।देवानगढिया गाउँको पुर्वमा रहेको र डगरमरवा गाउँमा रहेको ट्युबवेलको मोटर चलाउन राखिएको ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । तीन दिनको फरकमा चोरी भएको इलाका प्रहरी कार्यालय वहादुरगन्जका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो । चोरी गर्ने गिरोह पत्ता लगाउन अनुसन्धान सुरु भएको उहाँको भनाई छ ।
नदीमा डुबेर बालकको मृत्यु
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
रेसुङ्गामा आवधिक योजनासम्बन्धी छलफल
गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।