एन्जल्सलाई लोकनृत्यको उपाधि
नेपालगन्जमा आयोजना गरिएको तेस्रो प्याब्सन अन्तरविद्यालय जिल्लास्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि नेपालगन्जस्थित एन्जल्स माविले हाँसिल गरेको छ ।
टरिगाउँलाई चौथो हिरा डाँगी कप उपाधि
तुलसीपुरमा भएको चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८१ को उपाधि टरिगाउँ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर –५ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा ब्रिगेड ब्वाइज ललितपुर काठमाडौलाई २–१ गोलले पराजित गर्दै टरिगाँउ युथ क्लबले उपाधिसँगै ट्रफी उचालेको हो ।
संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ ।
उत्कृष्ट करदाता सम्मानित
करदाता सेवा कार्यालय गुल्मीले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रममा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
बाँकेमा फेरि रगत अभाव
चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ। जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ।
कागती खेतीबाट राम्रो आम्दानी गर्दै वली
तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ ।
राप्तीसोनारीमा राष्ट्रपति रनिङ शिल्डको तयारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले गर्न लागेको १७औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढिरहेको छ ।
धमाधम निर्माण हुँदै छ बुटवलको मुख्य सडक
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ ।
विपन्न परिवारका लागि पक्की घर निर्माण सुरु
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।
घोराहीको मङ्लेरी गाउँ
दाङ, मङ्सिर ८ गते । दाङको घोराही उपमहानगरपालिका १३ स्थित मङ्लेरी गाउँ र आसपासको क्षेत्र । अहिले गाउँमा तोरी फुलेर पहेँलपुर देखिएको छ । तस्बिर: रासस
हजार गुम्बा विहारको उद्घाटन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उद्घाटन गरिएको छ ।
सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।
बालबन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश (बालबिज्याइँकर्ता) बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
गुजारा चलाउन र औषधी सेवनमा समस्या भएको द्वन्द्वपीडितको गुनासो
विगतको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधी सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन्।
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर)को उद्घाटन गरिएको छ ।
दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्था तथा सबै अस्पताललाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।
बर्दियाको जब्दीघाट पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएको लामो समयपछि पनि मर्मत सम्भार वा पुननिर्माण नहुँदा सो क्षेत्रका सयौं सर्वसाधारणले ठुलो सास्ती खेप्नु परेको छ ।
बाँके कुष्ठरोगको जोखिममा
कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुर्ख्याैली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
मुख्यमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको भेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दैआएको सहयोगको बारेमा छलफल भएको बताइएको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।